Breaking News

पुष्पलालचोक–गछिया सडक कालोपत्रे हुँदै

प्रकाशित मिति : १२ आश्विन २०७६, आईतवार १८:४२

विराटनगर, १२ असोज । मोरङको बुढीगंगा गाँउपालिकास्थित पुष्पलालचोक–गछिया सडक कालोपत्रे हुने भएको छ । सो सडकको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले आज शिलान्यास गर्नुभएको छ ।

बुढीगंगा गाँउपालिकाको कोयलपुरमा आज आयोजित कार्यक्रमकाबीच उहाँले सो सडकको शिलान्यास गर्नुभएको हो । २३ किलोमिटर ७ सय मिटर लम्बाईको सो सडक दुई वर्षभित्र कालोपत्रे गरिसक्ने जनाइएको छ ।

सो विषयमा जानकारी दिनुहुंदै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव महेश अर्यालले ५२ करोड २४ लाख ७३ हजार ७ सय २२ रुपैयाँ ८४ पैसामा निर्माण सम्पन्न हुने सो सडकको काठमाण्डौस्थित श्री लुम्बिनी–मृत संजिवनी जे.भी.ले ठेक्का पाएको बताउनुभयो ।

दुवैतर्फ १/१ मिटरको सोल्डर राखेर साढे ७ मिटर चौडाईको रहने सो सडकको साढे ५ मिटर चौडाईमा कालोपत्रे गरिने उहाँले जानकारी दिनुभयो । सडकको सब बेसको मोटाई २० र बेस १५ सेन्टीमिटरको रहने जनाइएको छ । यसैगरि सो सडकमा पाइप कलर्भट ४५ वटा र स्ल्याब कल्र्भट १० वटा निर्माण गर्नुपर्ने ठेक्का सम्झौता रहेको जनाइएको छ ।

शिलान्यास कार्यक्रममा बोल्नुहुंदै बूढीगंगा गाँउपालिकाका प्रमुख बालचन्द माझीले सो सडक खण्डको १८ किलोमिटर सडक बूढी गंगाउपालिकामै पर्ने भएकाले पालिकाभित्रका विभिन्न वडाका सर्वसाधारण प्रत्यक्ष लाभान्वित हुने बताउनुभयो ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

arunkhabar@gmail.com

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३