Breaking News

शिक्षादीप कलेजद्धारा ५० लाखको छात्रवृत्ति घोषणा

प्रकाशित मिति : ९ आश्विन २०७६, बिहीबार १७:३९

विराटनगर ९ भदौ । शिक्षादीप कलेज विराटनगरले ५० लाख वरावरको छात्रबृत्तिको घोषणा गरेको छ । कक्षा ११ उत्तीर्ण हुने विद्यार्थीले ल्याएको प्राप्तांकका आधारमा छात्रबृत्ति दिने कलेजले जनाएको छ ।

कक्षा ११ को परीक्षामा उत्तिर्ण हुने विद्यार्थीलाई आज सम्मान गर्दै कलेजले सो घोषणा गरेको प्रिन्सीपल ज्ञानबहादुर खड्काले जानकारी दिनुभयो ।

कलेजबाट कक्षा ११ मा २ सय ५२ जनाले उत्तीर्ण गरेका छन् । उनीहरुलाई न्युनतम १० हजार देखि अधिकतम ९४ हजार ५ सय सम्मको छात्रबृत्ति हुने प्रिन्सीपल खड्काले बताउनुभयो । उहाँले भन्नुभयो,‘ विद्यार्थीले पाएको ग्रेड अनुसार छात्रृत्ति दिईने छ ।’ विद्यार्थीले पाउने अन्य छात्रबृत्तिमा यो नजोडिने उहाँले स्पष्ट पार्नुभयो ।

३ दशमलव ८६ अंक ल्याएर कलेज टप गर्ने विद्यार्थीलाई सम्मान गर्दै कार्यक्रमलाई निरन्तरता दिईने उहाले बताउनुभयो । हरेक वर्ष ५० लाखको छात्रबृत्ति वितरण हुने प्रिन्सीपल खड्काले जानकारी दिनुभयो । शिक्षादीपबाट विज्ञान संकायमा अनिषा कार्की र आरोन श्रेष्ठले ३ दशमलव ८६ जिपिए ल्याएर कलेज टप गरेका थिए ।

शिक्षादीपबाट उत्तिर्ण गरेका सवै विद्यार्थीले २ दशमलव ८१ जिपिए देखि ३ दशमलव ८६ जिपिए ल्याएको खड्काले बताउनुभयो । उपत्यका बाहिरबाट पहिलो नेपाल प्रथम भएका डेनिस गौतमको गरिमाको इतिहासलाई निरन्तर दिदै शिक्षादिप कलेज प्रदेश १ को उत्कृष्ट कलेज भएको प्रिन्सिपल खडकाको दावी छ ।

कलेजमा अहिले विज्ञान र व्यवस्थापन संकायमा गरि १ हजार ८ सय बढी विद्यार्थी अध्ययनरत छन् ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

arunkhabar@gmail.com

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३