Breaking News

पथरीशनिश्चरेमा डेंगुबाट बच्ने जनचेतना अभियान

प्रकाशित मिति : २ आश्विन २०७६, बिहीबार १७:३९

पथरीशनिश्चरे, २ असोज । मोरङको पथरीशनिश्चरे नगर क्षेत्रमा डेंगु रोगबाट बच्ने उपायका बारेमा जनचेतना अभिबृद्धिका लागि दलित सेवा संघले अभियान थालेको छ ।

नगरपालिका कार्यालयमा आज आयोजित कार्यक्रममा संविधानसभा सदस्य चण्डीप्रसाद राई, नगर प्रमुख दिलिपकुमार राई, उपप्रमुख यमुना विष्ट वास्तोला सहितले अभियानको उद्घाटन् गर्दै पर्चा वितरण गर्नुभयो ।

नगर प्रमुख राईले आफ्नो घर र घर वरपर सफा पानी जम्न नदिने कुरामा ख्याल गरेर डेंगुबाट मुक्त हुन सकिने वताउँदै नगरवासीलाई त्यसखाले कुरामा सचेत रहन आव्हान समेत गर्नुभयो ।

नगरमा डेंगु रोग बढिरहेको अवस्थामा यसबाट वच्ने सचेतनाका लागि तयार पारिएको पर्चा विवतरण गर्दै वडा नम्वर १ को पथरी बजारमा माइकिङ गरी पर्चा वितरण गरिएको संघका नगर अध्यक्ष रामप्रसाद परियारले जनाउनु भयो । पर्चाका लागि डा. उमेश गुरागार्ईंले प्राविधिक सहयोग पुर्याउनु भएको छ ।

डेंगुबाट जनप्रतिनिधि, समाजसेवीहरुलाई समेत विरामी परेको अवस्थामा सफा र स्थीर पानी जम्ने ठाउँहरु नष्ट गर्न लाग्नु पर्नेमा संघले जोड दिँदै डेंगुका लक्षण र त्यसबाट बच्ने उपायका बारेमा पर्चामा उल्लेख गरेको छ ।

आवश्यकता अनुसार अन्य वडामा पनि माइकिङ गर्दै पर्चा वितरण गरिने संघले जनाएको छ ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

arunkhabar@gmail.com

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३