Breaking News

गोरखापत्र विराटनगरबाट प्रकाशन हुने

प्रकाशित मिति : १ आश्विन २०७६, बुधबार १४:५५

विराटनगर, १ असोज । आगामी असोज ३ गतेदेखि विराटनगरबाट गोरखापत्र दैनिकको प्रकाशन शुरु हुने भएको छ । काठमाण्डौंबाट मात्रै प्रकाशित हुँदै आएको गोरखापत्र उपत्यका बाहिर पहिलो पटक विराटनगरबाट प्रकाशित हुने भएको हो ।

आगामी फागुन ७ गतेदेखि बाँकेबाट पनि प्रकाशनको तयारी गरिएको बताईएको छ । विराटनगरबाट प्रकाशनका लागि सम्पूर्ण तयारी पुरा भएको गोरखापत्र संस्थानले जनाएको छ ।

आज विराटनगरमा गोरखापत्र संस्थानले आयोजना गरिएको अन्र्तक्रियामा निमित्त प्रधानसम्पादक श्रीओम श्रेष्ठले प्रकाशनको तयारी पुरा भएको बताउनुभयो । भोली सूचना तथा सञ्चार प्रविधि मन्त्री गोकुल बाँसकोटाले विराटनगर प्रकाशनको उद्घाटन गर्ने कार्यक्रम रहेको छ । २०४३ सालमै क्षेत्रीय संस्करण शुरु गर्ने निर्णय भएपनि प्रकाशनमा विविध कारणले ढिलाई भएको श्रेष्ठले बताउनुभयो ।

विराटनगरबाट गोरखापत्रसँगै द राईजिङ नेपाल, मधुपर्क, यूवा मञ्च र मुना पनि प्रकाशन हुने सल्लाहकार सम्पादक गोपाल खनालले बताउनुभयो ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

arunkhabar@gmail.com

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३