Breaking News

उर्लाबारी नगरपालिका आंशिक रुपमा सञ्चालन

प्रकाशित मिति : ३० भाद्र २०७६, सोमबार १७:४०

विराटनगर, ३० भदौ । ३३ दिनदेखि अवरुद्ध मोरङको उर्लाबारी नगरपालिकाको सेवा आजदेखि आंशिक रुपमा खुलेको छ । नगर कार्यपालिकाको आज बसेको बैठकले बिहीबार संघीय मामीला तथा सामान्य प्रशासन मन्त्रालयले नगरपालिकाका नाममा पठाएको पत्रको आधारमा सेवा सुचारु गर्ने निर्णय गरेको नगर प्रवक्ता भानुभक्त शर्मा पराजुलीले जानकारी दिनुभयो ।

मन्त्रालयबाट प्राप्त चलानी नम्बर ७९ को पत्रमा नगर उपप्रमुख लक्ष्मीदेवी भण्डारी समेतले नगरपालिकासहितलाई विपक्षी बनाई उच्च अदालत विराटनगरमा दिएको रिट निवेदन र अदालतबाट जारी भएको प्रारम्भिक आदेशका कारण गत साउन २८ गते देखि आर्थिक र विनियोजन ऐन सँग सम्बन्धित सबै सेवाहरु अवरुद्ध हुँदा नागरिकलाई मर्का परेकोले अदालतको फैसला नआएसम्म अघिल्लो आर्थिक वर्षको निर्णय अनुसार कार्य सञ्चालन गर्न परिपत्र गरेको थियो ।

कार्यपालिकाको बैठ्कले अदालतको फैसला नहुँदा सम्म आर्थिक वर्ष २०७५÷०७६ को नगर सभाबाट निर्णय भए अनुसार कार्य गर्ने, अदालतमा विचराधिन रहेको विषयमा फैसला आएपछि सोही अनुसार गर्ने गराउने, सफ्टवेयरमा तुरुन्त सेवा सूचारु र सम्मत्ति कर, मालपोत शुल्क र दस्तुर आदि संकलनमा पनि नगदी रसिदको माध्यमबाट कार्य सञ्चालन गर्ने निर्णय गरेको छ ।

गत असार २८ गते बसेको कार्यपालिका बैठकमा नेपाली कांग्रेसबाट निर्वाचित मेयर खड्ग फागोसहित ६ जना कार्यपालिका सदस्यले मात्र एकलौटी निर्णय गरेको भन्दै नेकपाबाट निर्वाचित उपमेयर भण्डारीसहित १३ जना कार्यपालिका सदस्य उच्च अदालत गएका थिए ।

अदालतले नगरसभाको निर्णय कार्यान्वयन नगर्न आदेश दिएपछि नगरपालिकाको सबै काम कारबाही प्रभावित बनेको थियो ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

arunkhabar@gmail.com

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३