प्रकाशित : २९ भाद्र २०७६, आईतवार १८:३५

विराटनगर, २९ भदौ । प्रदेश–१ का मुख्यमन्त्री शेरधन राईले सबै निकायहरुको समन्वयमा मात्र सबैप्रकारका सुरक्षा चुनौतीहरुको सामना गर्न सकिने बताउनुभएको छ ।

गुह मन्त्रालय र आन्तरिक मामिला तथा कानून मन्त्रालय प्रदेश १ द्वारा संयुक्तरुपमा विराटनगरमा आयोजना गरिएको प्र्रदेशस्तरीय सुरक्षा गोष्ठी कार्यक्रमलाई सम्बोधन गर्नुहुंदै उहांले प्रदेश भित्रका सुरक्षा चुनौतीहरु सरोकारवाला सबैको सहकार्यमा मात्र समाधान गर्न सकिने बताउनुभयो ।

सुरक्षा चुनौतीहरुबाट प्रदेश–१ समेत अछुतो नरहेको बताउदै उहाँले प्रदेशमा चन्दा आतंक,मानव बेचबिखन,लागु औषध ओसारपसार,साइबर अपराध जस्ता संगठित अपराधहरु विद्यमान रहेको बताउनुभयो । उहांले हत्या,लुटपाट र चोरी जस्ता सामाजिक अपराधहरुको साथै पछिल्लो देशब्यापीरुपमा देखिएको डेंगूको महामारीले प्रदेश १ नै सबभन्दा बढी आक्रांत रहेको बताउनुभयो ।

अरु थुप्रै प्रकारका चुनौतीहरु रहेको बताउदै मुख्यमन्त्री राईले यी सवै चुनौतीहरु समाधान गर्न सरोकारवाला सबैको सहकार्य आवश्यक रहेको विचार ब्यक्त गर्नुभयो । उहांले प्रदेशस्थित सुरक्षा निकायलाई थप सुदृढ बनाउन भौतिक संरचना निर्माण देखि आवश्यक सवारीसाधन समेत प्रदेश सरकारले उपलब्ध गराएको बताउनुभयो ।

मुख्यमन्त्री राईले भ्रष्टाचार नियन्त्रण गर्न प्रदेश सरकारले शुन्य सहनशिलता अपनाएको बताउदै भ्रष्टाचार र अनियमितता पुष्टि भए एक घन्टा भित्र एक्सन लिने आफ्नो अडान समेत दोहोर्याउनुभयो ।

कार्यक्रममा सशस्त्र प्रहरी र नेपाल प्रहरीका आइजीपीसहित प्रदेशस्थित १४ जिल्लाका सुरक्षा निकाय र प्रशासन प्रमुखको सहभागिता छ ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३