Breaking News

‘परिवेश’ मंचनसँगै नाटक महोत्सव समापन

प्रकाशित मिति : २९ भाद्र २०७६, आईतवार १८:३२

विराटनगर, २९ भदौ । आरोहण–गुरुकुलको आयोजनामा भदौ २० गतेदेखि सुरु विराटनगर विद्यालय नाटक महोत्सव आइतबार समापन भएको छ ।

आयोजक संस्थाको ‘म–नैतिक’ नाटक मंचनसँगै सुरु भएको महोत्सवमा रंगेली नगरपालिका ३ को रञ्जनी एकेडेमिक ई. टिचिङ स्कूलले ‘परिवेश’ मंचन गरि महोत्सवको विधिवत रुपमा समापन गरिएको हो । समापन कार्यक्रममा बोल्दै विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले नाटक महोत्सवले विद्यार्थीहरुलाई कला क्षेत्रमा लाग्न प्रोत्साहित गर्ने बताउनुभयो । १० दिनसम्म चलेको नाटक महोत्सवमा विभिन्न ९ विद्यालयले आ–आफ्ना नाटक मञ्चन गरेका थिए । नाटकप्रति आकर्षित विद्यार्थीलाई प्रोत्साहन गर्ने उद्धेश्यले महोत्सव आयोजना गरिएको आयोजकले जनाएको छ ।

संस्थाका अध्यक्ष भैरव क्षेत्रीले विद्यार्थी र विद्यालयबाट भविष्यमा नाट्य गतिविधिले तिब्रता पाउँछ भन्ने विश्वासका साथ महोत्सव आयोजना गरिएको बताउनुभयो । महोत्सवको उद्धाटनको दिन आयोजकले धिरज राईको लेखन तथा विकास पराजुली र राजेश ठाकुरको निर्देशनमा तयार नाटक म–नैतिक मञ्चन गरेको थियो ।

भदौ २१ गते विराटनगरको श्री सत्यनाराण मा.वि. ले “अँध्यारो बाटो”, भदौ २२ गते श्री अन्नपूर्ण एकेडेमीले “मेहनत र परिश्रमको फल”, भदौ २३ गते पेरागन एकेडेमी मा.वि.ले “दशैं”, भदौ २४ गते सेन्ट जोसेफ स्कुलले “लक्ष्मीपूजा”, भदौ २५ गते सप्तकोशी से.बो. स्कुलले “छाउपडी”, भदौ २६ गते बुढानिलकण्ठ से.ई.स्कुलले “नासो”, भदौ २७ लिलिपुट प्रिमियर इलिमेन्ट्री स्कुलले “प्रधानमन्त्री” र भदौ २८ गते श्री श्री रविशंकर विद्या मन्दिरले “चण्डालिका एक अनन्त प्रेम कहानी” मंचन गर्यो । अधिकांश विद्यालयले नेपाली समाजलाई नाटक मार्फत विभिन्न दृष्टिकोण मार्फत पेश गरेका थिए ।

वर्तमान शिक्षा प्रणाली र विद्यार्थीहरुको मनोदशालाई म–नैतिकले देखाएको थियो । यस्तै बेचिएकी चेली समाजमा पूर्नस्थापित हुन आउने समस्यालाई अँध्यारो बाटोले मार्मीक ढंगले प्रस्तुत गरेको थियो । वर्गिय असमानताले बालबालिकामा पर्ने असरलाई लक्ष्मीपुजा र दशैं नाटकले समेटेको थियो ।

सामाजिक मुद्धालाई नाटक मार्फत उठाउँदै मुद्धा सम्बोधनमा विद्यार्थीहरुको पहल थियो । महोत्सव विराटनगर महानगरपालिकाको प्रवद्र्धन, सांग्रिला बुक्स र वाईवाई चाउचाउको सहयोगमा आरोहण गुरुकुल विराटनगरले आयोजना गरेको थियो । महोत्सवमा ९ विद्यालयका १५० भन्दा बढि विद्यार्थीले अभिनय गरेका थिए ।

 

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

arunkhabar@gmail.com

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३