Breaking News

अन्तर विद्यालय स्तरिय टेवल टेनिस

प्रकाशित मिति : २६ भाद्र २०७६, बिहीबार १९:४९

विराटनगर, २६ भदौ । विराटनगर जुनियर जेसिजको आयोजनामा अन्तरि विद्यालय स्तरिय टेवल टेनिस प्रतियोगिता शुरु भएको छ । १८ औं अन्तर विद्यालय स्तरिय टेवल टेनिस अन्र्तगत विहिबार विभिन्न इभेन्ट्सका खेलहरु सम्पन्न भएका छन् ।

प्रतियोगिताको टिम इभेन्ट्समा डिपीएस स्कुल र बुढानिलकण्ठ फाईनलमा प्रवेश गरेका छन् । क्याडेड गल्र्स तर्फ सगरमाथा स्कुलकी रुवी मेहता र लक्ष्मी साह रहेका छन् ।

क्याडेड ब्वाईज तर्फ बुढानिलकण्ठ स्कुलका यश जैन र डिएभी स्कुलका निहार अटलवीच प्रतिष्पर्धा हुने भएको छ । त्यसैगरि जुनियर गल्र्स तर्फ नमूना विद्यालयकी अञ्जली साह र डिपीएसकी चावी अग्रवाल भिड्ने भएका छन् । जुनियर व्वाईज तर्फ बुढानिलकण्ठ स्कुलका विश्व बानियाँ र डिएभी स्कुलका कृष शर्मा भिड्ने छन् ।

बुधबारबाट शुरु भएको प्रतियोगिताको उद्घाटन विराटनगर महानगरपालिका प्रमुख भीम पराजुलीले गर्नु भएको थियो । प्रतियोगितामा २७ विद्यालयको सहभागिता रहेको अध्यक्ष दीपा ओडारीले बताउनुभयो । प्रतियोगिताको फाईनल खेल शुक्रबार विहान हुनेछ ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

arunkhabar@gmail.com

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३