Breaking News

कोसी इँटा व्यवसायी संघमा पुन : साह

प्रकाशित मिति : २६ भाद्र २०७६, बिहीबार १८:३६

विराटनगर, २६ भदौ । कोसी अञ्चल इँटा उद्योग व्यवसायी संघ इटहरी सुनसरीको अध्यक्षमा पुन : महेन्द्रप्रसाद साह निर्वाचित हुनु भएको छ । विराटनगरमा भएको संघको ९ औं वार्षिक साधारण सभाले साहलाई सर्वसम्मत अध्यक्षमा निर्वाचित गरेको हो । यस अघि पनि साह अध्यक्ष हुनुहुन्थ्यो ।

समितिको उपाध्यक्षमा विजयकुमार श्रेष्ठ, महासचिवमा राजनकुमार तिम्सिना, सचिवमा श्याम लुइँटेल र कोषाध्यक्षमा लक्ष्मण राई रहनु भएको छ ।

समितिका सदस्यहरूमा मुरारी रेग्मी, शिवकुमार लिम्बू, रमेशकुमार भगत, रामभजन मेहता, धर्मेन्द्र श्रेष्ठ, महेन्द्र अग्रवाल, मुन्नाकुमार झा र लीलाराज पराजुली हुनु हुन्छ । उहाँहरू सबै सर्वसम्मत निर्वाचित हुनु भएको हो । सोही अवसरमा संघमा पुराना इँटा व्यवसायी धरानका बिर्खबहादुर श्रेष्ठसहित ९ जनालाई सम्मान गरेको छ ।

इटहरीका चन्द्रबहादुर बस्नेत, जीवननाथ काफ्ले, हेमप्रसाद घिमिरे, शेखर लुइँटेल मंगलबारेका तेजबहादुर थापा, विराटनगरका ऋषिमोहन रेग्मी, शिवरतन जोशी र लाइफ भिजन सामुदायिक पुनःस्थापना केन्द्र विराटनगरलाई सम्मान गरिएको हो ।

कोसी अञ्चल इँटा संघमा ३३ जना व्यवसायीहरु आवद्ध छन् । संघको साधारणसभा हिजो विराटनगरमा सुरु भएको थियो ।

प्रकाशित मिति : ६ चैत्र २०७५, बुधबार १४:५६

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

arunkhabar@gmail.com

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३