Breaking News

गुरुकुलमा ‘नासो’ मञ्चन

प्रकाशित मिति : २६ भाद्र २०७६, बिहीबार १८:३४

विराटनगर २६ भदौ । विराटनगरमा जारी विद्यालय नाटक महोत्सवमा बिहिबार ‘नासो’ मञ्चन भएको छ । बुढानिलकण्ठ स्कूलले महोत्सवको सातौँ दिन हाटखोलास्थित सुशीला कोइराला नाटकघरमा साहित्यकार गुरुप्रसाद मैनालीको कथा नासोमा आधारित नाटक मंचन गरेको हो ।

आरोहण–गुरुकुल विराटनगरकी पूर्व विद्यार्थी तथा सोहि विद्यालयकी नाटक शिक्षक अस्मिना भट्ट कर्णले निर्देशन गरेको नाटक मंचन गरिएको हो । नाटकमा सोही विद्यालयमा अध्ययनरत बिप्लव प्रधान, पुजा राउत, दुर्गा प्रसाई, ग्रीष्मा पोखरेल र सुज्यान कर्णले अभिनय गरेका थिए ।

नाटकले ठेट नेपाली संस्कार मान्ने एउटा परिवारको बहुविवाहका कारण उत्पन्न समस्याहरुलाई समेटेको थियो । एकजना पुरुषले पहिलो विवाहबाट सन्तान नभएपछि दोस्रो विवाह गरेपछिको उ र उसको परिवारको कथालाई नाटकमा निर्देशक कर्णले कलात्मक ढंगले प्रस्तुत गरेकी थिइन ।

आरोहण–गुरुकुल विराटनगरको आयोजनामा भाद्र २० गतेदेखि विद्यालय नाटक महोत्सव जारी छ । आयोजकको म–नैतिक नाटक मञ्चन गरि सुरु भएको महोत्सवमा ६ विद्यालयले आ–आफ्ना नाटक मञ्चन गरेका छन् । महोत्सवमा भोली शुक्रबार लिलिपुट प्रिमियर इलिमेन्ट्री स्कुलले “प्रधानमन्त्री” मञ्चन गर्नेछ ।

विराटनगर महानगरपालिकाको संरक्षण र प्रवद्र्धनमा सुरु भएको नाटक महोत्सवमा दैनिक ४ बजे नाटक मञ्चन गरि महोत्सव भाद्र २९ गतेसम्म चल्नेछ । विद्यालयपनि नाट्य गतिविधि गर्न प्रोत्साहित हुन् भन्ने हेतुले महोत्सव आयोजनका गरिएको आयोजकले जनाएको छ ।

महोत्सवमा श्री श्री रविशंकर विद्या मन्दिरले भदौ २८ गते सनिबार “चण्डालिका एक अनन्त प्रेम कहानी”र रंगेली नगरपालिकाको रञ्जनी एकेडेमिक ई. टिचिङ स्कुलले भदौ २९ गते “परिवेश” मञ्चन गर्दै नाटक महोत्सव समापन हुनेछ । नाटक महोत्सवमा सांग्रिला बुक्स र वाईवाई चाउचाउले सहयोग गरेका छन् ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

arunkhabar@gmail.com

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३