प्रकाशित : २५ भाद्र २०७६, बुधबार ०६:३७

विराटनगर, २४ भदौ । छात्रामैत्री सामुदायिक विद्यालय निर्माणका लागि मोरंगका ६ वटा विद्यालयमा किशोरी परियोजना सञ्चालित छ । परियोजना अन्र्तगत छात्रा शौचालय, महिनावारीका समयमा विद्यालयमै प्याडको व्यवस्था र आराम कक्ष निर्माण गरिएको छ ।

वल्र्ड भिजन इन्टरनेशनलको सहयोगमा नारी विकास संघ विराटनगरले कटहरीका प्रजातन्त्र मावि र रामजानकी आधारभुत विद्यालय, ग्रामथानको वेगनलाल आधारभुत विद्यालय र सरस्वती मावि र बुढीगंगा गाउँपालिकाको नारायण मावि र लक्ष्मी माविमा किशोरी परियोजना अन्र्तगत छात्रा शौचालय, प्याड र आराम कक्ष निर्माण गरिएको छ । कतिपय विद्यालयमा भने छात्रा शौचालय निर्माणाधिन छ । किशोरी परियोजना अन्र्तगत सञ्चालित परियोजनाको आज अनुगमन गरिएको छ ।

जिल्ला समन्वय समिति मोरंगका प्रमुख नरेश पोखरेल, जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख ज्ञानबहादुर वस्नेत, नारी विकास संघ विराटनगरकी अध्यक्ष सीता शर्मा दाहाल, वल्र्डभिजन इन्टरनेशनलकी सपना थापा लगायतको टोलीले अनुगमन गरेको हो ।

अनुगमनका क्रममा विद्यालयमा छात्रा शौचालय, आराम कक्ष र प्याडको व्यवस्था भएपछि छात्राहरु विद्यालय नियमित आउने गरेको प्रधानाध्यापकले बताएका छन् । महिनाबारीका समयमा विद्यालय नआउने छात्राहरु नियमित आउने गरेको बेगनलाल आधारभुत विद्यालयका प्रधानाध्यापक कृष्णहरि घिमिरेले बताउनुभयो । उहाँका अनुसार पहिले महिनाबारीका समयमा छात्राहरु विद्यालय आउँदैन थिए ।

विद्यालय छात्रामैत्री हुँदै गएपछि छात्राहरु महिनाबारीकै कारण विद्यालय नआउने क्रम रोकिएको छ । अनुगमन टोलीले बेगनलाल आधारभुत विद्यालयको छात्रा शौचालय, आरामकक्ष र प्याड मेसिनको अनुगमन गरेको थियो भने प्रजातन्त्र माविमा निर्माणाधिन छात्रा शौचालयको अनुगमन गरेको थियो ।

सो विद्यालयमा निर्माण सम्पन्न नभई शौचालय प्रयोग गरेका कारण भत्कीएको पाईएको थियो । विद्यालयसँगै स्वास्थ्य चौकीमा पनि किशोरीमैत्री स्वास्थ्य सेवा प्रदानका लागि वल्र्ड भिजनको सहयोगमा नारी विकास संघले स्वास्थ्य संस्था सहयोग कार्यक्रम सञ्चालन गरेको छ ।

लखन्तरी, डंग्राहा, शिशवनीबडहरा र भौडाहामा स्वास्थ्य संस्था सहयोग कार्यक्रम सञ्चालन गरिएको नारी विकास संघ विराटनगरकी कार्यक्रम संयोजक सरिता अधिकारीले बताउनुभयो । उहाँका अनुसार स्वास्थ्य संस्थामा उपकरण सहयोग, मानवशक्तिलाई तालिम दिने लगायतको कार्यक्रम गरिएको छ ।

४ वटा स्वास्थ्य संस्था मध्ये आज लखन्तरी र भौडाहाको अनुगमन गरिएको गरिएको थियो । अनुगमनटोलीले औषधिको व्यवस्थापन गर्न र सरसफाईमा ध्यान दिन सुझाव दिएको थियो ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३