प्रकाशित : २४ भाद्र २०७६, मंगलवार १८:३६

विराटनगर २४ भदौ । धार्मिक मान्यता भन्दै मुस्लिम समुदायको मोहर्रम पर्वमा तरवार जुधाउँदा विराटनगरमा गएराति पाँच जना युवा घाइते भएका छन् ।

विराटनगर महानगरपालिका–९ घोघा पुलचोकमा प्रदर्शन गर्दै घरेलु हतियार तरवार जुधाउँदा र नचाउँदा मुस्लिम युवाहरु घाइते भएका हुन् । घटना राति ११ बजेको हो । घाइते हुनेमा विराटनगर–९ का १९ वर्षीय रजक खान, मोहम्मद अजाद, विराटनगर–८ का १८ वर्षीय मोहम्मद राज, २१ वर्षीय मोहम्मद मसिम र २२ वर्षीय मोहम्मद अस्लम रहेका छन् । टाउको, चिउँडो लगायत शरीरका विभिन्न भागमा हतियारले काटेर चोट लागेका उनीहरुलाई उपचारका लागि कोसी अस्पतालमा भर्ना गरिएको छ । मोरङ प्रहरीका डीएसपी घनश्याम श्रेष्ठले घटनाका बारेमा जाहेरी वा उजुरी नपरेको बताए ।

हतियार प्रदर्शन गरेर पर्व मनाउने क्रममा युवाहरु घाइते हुन थालेपछि कार्यक्रम भने बन्द गरिएको थियो । श्रेष्ठले पर्व मनाउँदा तरवार प्रदर्शन गर्ने क्रममा केही युवा घाइते भए पनि जाहेरी नपरेका कारण घटनाको आधिकारिक रेकर्ड प्रहरीमा नरहेको स्पष्ट पार्नुभयोे । धार्मिक मान्यताअनुसार पर्व मनाइएकाले जनजीवन आतंकित पार्ने गरी हतियार प्रदर्शन गर्दा र नचाउने काम हुँदा पनि प्रहरीले रोक्न नसक्ने बताइएको छ ।

मुस्लिम युवाहरुले पर्वका अवसरमा प्रत्येक वर्ष तरवार, खुँडा, भाला लगायतका घरेलु हतियार लिएर ‘फाइटिङ स्किल’ प्रदर्शन गर्छन् । त्यही क्रममा चोट लागेर विराटनगरमा केही युवा घाइते हुन पुगेको जानकारी डीएसपी श्रेष्ठले दिनुभयो ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३