Breaking News

राहत शिक्षकहरु आन्दोलनमा जाने

प्रकाशित मिति : २२ भाद्र २०७६, आईतवार १८:४६

विराटनगर, २२ भदौ । राहत शिक्षकहरु आन्दोलनमा जाने भएका छन् । राज्यले अन्याय गरेको भन्दै उनीहरु दशैं अगाडी नै आन्दोलनमा जाने बताएका छन् ।

मोरंगको वेलबारीमा नेपाल राहत शिक्षक समिति र बाल विकास शिक्षक समिति मोरंग संयुक्त बैठकले सो निष्कर्ष निकालेको हो । बैठकमा शिक्षा नीति र शिक्षक सेवा आयोगको नियमावली दशौ संशोधन सच्याउन माग गरिएको छ ।

१८ वर्षदेखि राहत शिक्षकहरु कार्यरत रहेको र राज्यले अन्याय गरेको राहत शिक्षक समिति प्रदेश नं. १ का अध्यक्ष गुरुप्रसाद अधिकारीले बताउनुभयो । उहाँले राहत शिक्षकहरुको न्यायका लागि पनि आन्दोलनको विकल्प नभएको बताउनुभयो । संयुक्त बैठकमा बाल शिक्षकप्रति राज्यले घोर अन्याय गरेको निष्कर्ष निकालिएको छ ।

बाल शिक्षकलाई मासिक ६ हजार रुपैयाँ दिएर श्रम शोषण भईरहेको बाल विकास शिक्षक विद्या भेटवालले बताउनुभयो । उहाँले राज्यले आँफुहरुलाई न्युनतम १३ हजार ४ सय दिनुपर्ने माग गर्नुभयो ।

संयुक्त बैठकमा राहत शिक्षक समिति प्रदेश नं. १ अध्यक्ष गुरुप्रसाद अधिकारी, केन्द्रिय सदस्य डिपी ढुंगेल, कृष्ण दाहाल, मोरंग अध्यक्ष अनिलकुमार चौधरी, सुनसरी जिल्ला सहअध्यक्ष वेचन यादव लगायतको सहभागिता रहेको थियो ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

arunkhabar@gmail.com

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३