Breaking News

विद्यालय नाटक महोत्सवमा ‘मेहनत र परिश्रमको फल’

प्रकाशित मिति : २२ भाद्र २०७६, आईतवार १८:४३

विराटनगर २२ भदौ । आरोहण–गुरुकुल विराटनगरमा जारी विद्यालय नाटक महोत्सवमा आज ‘मेहनत र परिश्रमको फल’ मञ्चन भएको छ ।

विराटनगरको अन्नपूर्ण एकेडेमीले तयार पारेको नाटक हाटखोलास्थित सुशीला कोइराला नाटक घरमा मञ्चन गरिएको हो । सोहि विद्यालयमा कक्षा ८ मा अध्ययनरत अपेक्षा तामाङले कुटुनी बुढीको कथालाई नाट्य रुपान्तरण गरि निर्देशन गरेकी हुन् । उनलाई आभास बस्नेत र उत्सव भट्टराईले सहयोग गरेका छन् ।

नाटकले परनिर्भरता विरुद्धको कथा बोलेको छ । पछौटेपना र भोलीवाद्ले विकृत समाजका परिवेशलाई नाटकमा प्रस्तुत गरि आर्थिक रुपमा सक्षम बन्न एकजना वृद्धाले प्रोत्साहन गरेको संघर्षलाई नाटकमा देखाईएको छ । यसअघि हिजो विराटनगरकै सत्यनारायण माविले नाटक मञ्चन गरेको थियो ।

महोत्सवामा नाटक मञ्चन गर्र्न पाउँदा निकै उत्साहित र खुशी भएको विद्यार्थीहरुले बताए । आरोहण–गुरुकुल विराटनगरको आयोजना तथा विराटनगर महानगरपालिकाको संरक्षण र प्रवद्र्धनमा सुरु भएको नाटक महोत्सव भाद्र २९ गतेसम्म चल्नेछ ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

arunkhabar@gmail.com

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३