Breaking News

मोरंगमा स्वास्थ्य बिमा शुरु

प्रकाशित मिति : १५ भाद्र २०७६, आईतवार १९:०९

विराटनगर, १५ भदौ । मोरङमा आजदेखि स्वास्थ्य बिमा दर्ता कार्यक्रम सुभारम्भ भएको छ । स्वास्थ्य बिमा बोर्डका कार्यकारी निर्देशक रमेशकुमार पोखरेलले प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेलाई स्वास्थ्य बिमा कार्ड प्रदान गरेर कार्यक्रमको सुभारम्भ गर्नुभएको हो ।

कार्यक्रममा बोल्दै मन्त्री घिमिरेले अन्य जिल्लाहरुमा स्वास्थ्य बिमाप्रति कम आकर्षित भएको समाचार आएको भन्दै मोरङमा भने तदारुकताका साथ यो कार्यक्रम प्रभावकारी रुपमा अगाडि बढाउन प्रदेश सरकार लाग्ने बताउनु भयो । उहाँले यो कार्यक्रमलाई प्रभावकारी रुपमा लागू गर्न दर्ता सहयोगीहरुलाई आग्रह गर्नुभयो ।

कार्यक्रममा बोल्दै कोशी अस्पताल विराटनगरका मेसु गुणराज लोहनीले कोही पनि व्यक्तिले स्वास्थ्य सेवाबाट बञ्चित हुनु नपरोस र उपचार अभावमा मृत्युवरण गर्नु नपरोस् भनी ल्याइएको स्वास्थ्य बिमा कार्यक्रमले मोरङबासीहरु लाभान्वित हुने बताउनु भयो । मोरङमा रहेको १० लाख जनसंख्यामा आउने आर्थिक बर्षसम्म ४ लाखको बिमा गरिने बिमा बोर्डले जनाएको छ । ५ जनाको परिवारले ३५ सय रकम तिरेमा १ लाख सम्मको सेवा प्राप्त गर्न सक्ने कार्यक्रममा जानकारी दिइएको थियो ।

७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिक,कुष्ठरोगीको परिवार, एमडीआर टीबी भएकाको परिवार, एचआइभी संक्रमितको परिवार र पूर्णअपाङ्गता भएका परिवारले निःशुल्क रुपमा १ लाख सम्मको स्वास्थ्य बिमाबाट उपचार गराउन सक्ने कार्यक्रममा जानकारी दिइएको थियो । स्वास्थ्य बिमा संचालनका लागि १ सय ५९ जनालाई ३ दिने दर्ता सहयोगी तालिम प्रदान गरी कार्यक्रम संचालन गरिएको स्वास्थ्य बिमा प्रदेश सहसंयोजक दुर्गा आचार्यले जानकारी दिनुभयो ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

arunkhabar@gmail.com

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३