प्रकाशित : १५ भाद्र २०७६, आईतवार १९:०७

विराटनगर, १५ भदौ । आँखामा हुने समस्या र दृष्टिदोष निराकरणका लागि विराटनगरस्थित विराटनगर आँखा अस्पतालले भिजन भ्यान बस सेवा सुरु गरेको छ । आज एक कार्यक्रमको आयोजना गर्दै अस्पतालले महानगरभित्रका सामूदायिक विद्यालयका विद्यार्थीहरुको पहुँचमा पुग्न भिजन भ्यान सेवा अघि सारेको हो । भिजन भ्यानमा विद्यार्थीहरुको आँखा परिक्षणपछि शल्यचिकित्साको आवश्यक्ता भए अस्पतालले निःशुल्क उपचार गराउने जनाएको छ ।

कार्यक्रममा महानगरका प्रमुख भीम पराजुलीले सामूदायिक विद्यालयबाट सुरु गरिएको कार्यक्रमले सबै क्षेत्रमा पुग्न सक्नेमा जोड दिनु भयो । विद्यार्थीको आँखामा देखिने समस्याको उपचारमा भिजन सेवाले निरन्तरता पाउनेमा आशावादी रहेको बताउँदै प्रमुख पराजुलीले आर्थिक रुपमा कमजोर र विपन्न वर्गमा भिजन भ्यानको सेवा सकारात्मक हुने उल्लेख गर्नु भयो ।

विद्यार्थीहरुमा हुने दृष्टिदोषमा सामूदायिक विद्यालयमा ३ प्रतिशत रहेको र संस्थागततर्फ ९ प्रतिशत रहेको अस्पतालले जनाएको छ । अस्पतालले यस सेवाबाट आउँदो ३ वर्षसम्म करिब ३ लाख बालबालिकाको आँखा परिक्षण गर्दै चश्मा वितरण गर्नेछ । ४२ लाख ७२ हजार रुपैयाँको लागतमा सञ्चालनमा आएको भिजन भ्यानमा दृष्टि परिक्षण, टोनोमिटर, चश्मा लगायतको सुविधा रहेको छ ।

भिजन भ्यानका लागि नेपाल नेत्र ज्योति संघले १० लाख र अरविस इन्टरनेश्नलको ३२ लाख ७२ हजार रुपैया लगानी रहेको छ ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३