प्रकाशित : १५ भाद्र २०७६, आईतवार १९:०२

विराटनगर, १५ भदौ । राष्ट्रिय अपाङ्ग महासंघ प्रदेश नं. १ विराटनगरले स्थापना दिवस मनाएको छ । अपाङ्ग महासंघ स्थापना भएको सम्झनामा दिप प्रज्वलन गरि स्थापना दिवस मनाएको हो ।

स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा महासंघ प्रदेश नं. १ अध्यक्ष पार्वता श्रेष्ठले महासंघले उठाएको धेरै मुुद्धाहरु सरकारले संवोधन गरेपनि कार्यन्वयन हुन नसकेको गुनासो गुनासो गर्नुभयो । राष्ट्रिय महासंघ प्रदेश नं. १ का निवर्तमान अध्यक्ष रामबहादुर कार्कीले महासंघले वकालत गरेका कुराहरु संविधानमा समावेश भएको बताउनु भयो ।

संविधानमा समावेश हुनु राम्रो भएपनि कार्यन्वयन हुन नसकेको बताउनुभयो । संविधानमा समावेश भएरपनि अधिकार कटौति भएकोमा उहाँले गुनासो गर्नुभयो । राष्ट्रिय अपाङ्ग महासंघ २०५० भदौ १५ गते स्थापना भएको थियो ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३