प्रकाशित : ८ भाद्र २०७६, आईतवार १८:४१

विराटनगर, ८ भदौ । नेपाल पत्रकार महासंघका केन्द्रिय अध्यक्ष गोविन्द आचार्यले पत्रकारिताको मूल्यांकन आम पाठकले गर्नुपर्ने बताउनु भएको छ ।

पाठकलाई पत्रकारिताको मूल्यांकन गर्ने अधिकार भएको उहाँले बताउनुभयो । नेपाल पत्रकार महासंघ मोरंगले आज विराटनगरमा आयोजना गरेको नागरिकको दृष्टिकोणमा मिडिया सार्वजनिक सुनुवाई कार्यक्रममा अध्यक्ष आचार्यले सो कुरा बताउनु भएको हो । उहाँले पाठकको गुनासो अनुसार पत्रकार नसच्चिए पत्रकार महासंघले कारवाही गर्ने बताउनुभयो । ७ वटै प्रदेशमा नागरिकको दृष्टिकोणमा मिडिया विषयमा छलफल शुरु गरिएको उहाँले बताउनुभयो ।

प्रेस नागरिक भन्दा माथि नभएको बताउँदै उहाँले राष्ट्रहित भन्दा माथि गएर पत्रकारिता गर्ने अधिकार कसैलाई नभएको बताउनुभयो । सामाजिक सञ्जालको प्रयोगबारे पत्रकारलाई महासंघले नियमन गर्ने अध्यक्ष आचार्यले बताउनुभयो । उहाँले भन्नुभयो,‘ अभिव्यक्ति स्वतन्त्रताको नाउँमा पत्रकारलाई जे पनि गर्ने छुट छैन ।’ कार्यक्रममा मोरंग व्यापार संघका अध्यक्ष प्रकाश मुन्दडाले नेपालका मिडिया बढी नकारात्मक समाचारमा केन्द्रित भएको बताउनुभयो ।

बुद्धिजिवी दिनेश श्रेष्ठले पत्रकारहरुले आफ्ना बारेमा सामाजिक लेखा परिक्षण भईरहेको छ भन्ने बुझ्न आवस्यक रहेको बताउनुभयो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ प्रदेश नं. १ का अध्यक्ष विक्रम लुईटेल, नेपाली काँग्रेस मोरंगका सचिव नागेश कोइराला, इन्सेक प्रदेश नं. १ संयोजक सोमराथ थापा लगायतले बोल्नु भएको थियो ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३