प्रकाशित : ८ भाद्र २०७६, आईतवार १८:००

विराटनगर, ८ भदौ । विराटनगरमा हिजो निकालिएको राधाकृष्ण रथयात्रामा अवान्छित गतिविधिमा संलग्न ८४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

पक्राउ परेकामा मध्ये १२ जना भारतीय नागरिक रहेका छन् । विराटनगरका विभिन्न स्थानबाट पक्राउ परेकाहरुको बारेमा अनुसंधान भईरहेको मोरंग प्रहरीका प्रवक्ता राजकुमार खिउँजुले बताउनुभयो । उहाँका अनुसार सुनको सिक्री ३ वटा, विभिन्न कम्पनीका २० वटा मोवाईल, एउटा चाँदीको बाला, जेन्स पर्स ४ वटा एउटा लेडिज पर्स र नगद१२ हजार समेत फेला पारीएको छ ।

आवश्यक अनुसन्धान गरि कार्यको लागि ल्याएकोमा आवश्यक अनुसन्धान पछि तत्काल ७ जनालाई आफन्तको जिम्मामा छाडिएको, बाँकी ७७ जना मध्ये आज १९ जनालाई चोरी, चोरी गर्ने उद्योग र अभद्र मुद्धा शिर्षकमा म्याद थप गरी अनुसन्धान भई रहेको र ५८ जनालाई आफन्तको जिम्मा लगाई छाडिएको प्रहरी प्रवक्ता खिउँजुले बताउनुभयो ।

जिल्ला प्रहरी कार्यालयमा २० वटा मोवाईल र ११ वटा सुनको सिक्री हराएको निवेदन परेको प्रहरी प्रवक्ता खिउँजुले बताउनुभयो ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३