Breaking News

बाल संसार मन्टेश्वरीमा श्रीकृष्णजन्माष्टमी मनाइयो

प्रकाशित मिति : ६ भाद्र २०७६, शुक्रबार १९:०७

विराटनगर, ६ भदौ । विराटनगर ५ को बालसंसार मन्टेश्वरी स्कूलमा श्रीकृष्णजन्माष्टमी मनाईएको छ । आज विद्यार्थीहरु राधाकृष्णको पोशाकमा सजिएर स्कुलमा आएका थिए ।

उनीहरुलाई श्रीकृष्णको तस्वीरमा पुजा गर्न लगाइएको थियो । बालबालिकालाई संस्कृतिबारे चेतना दिने उद्देश्यले श्रीकृष्णजन्माष्टमी पर्व मनाईएको स्कुलका भाईस प्रिन्सीपल सुमन तामाङले जानकारी दिनुभयो ।

सार्वजनिक विदाको दिन भए पनि बालबालिकालाई श्रीकृष्णजन्माष्टमी बारे जानकारी दिने उद्देश्यले कार्यक्रम गरिएको उहाँले बताउनुभयो । स्कुलले प्रत्येक वर्ष कृष्णजन्माष्टमी पर्व मनाउँदै आएको छ ।

हरेक धर्म संस्कृतिका बारेमा बालबालिकालाई ज्ञान होस भन्नका लागि पनि कार्यक्रम गर्ने गरिएको प्रिन्सीपल खड्ग राईले बताउनुभयो ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

arunkhabar@gmail.com

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३