प्रकाशित : ६ भाद्र २०७६, शुक्रबार १८:५१


विराटनगर, ६ भदौ । मोरंग ग्रामथान ४ मोतिपुरमा स्वास्थ्य चौकीको भवन उद्घाटन गरिएको छ । आज एक कार्यक्रमकावीच प्रदेशसभा सदस्य विजयकुमार विश्वासले स्वास्थ्य चौकीको भवन उद्घाटन गर्नु भएको थियो ।
नवनिर्मित भवन ८ वटा कोठा रहेका छन् । नयाँ भवन निर्माण भएसँगै स्वास्थ्य चौकीलाई सेवा प्रवाह गर्न सहज हुने छ । यसअघि भवन अभावमा सेवा प्रवाहमा समस्या हुँदै आएको थियो ।
कार्यक्रममा प्रदेशसभा सदस्य विजयकुमार विश्वास, जिल्ला स्वास्थ्य कार्यालय मोरंगका प्रमुख ज्ञानवहादुर वस्नेत, वडाध्यक्ष वैजनाथ विश्वास लगायतले बोल्नु भएको थियो ।
मोतिपुर स्वास्थ्य चौकीले विभिन्न समयमा स्वास्थ्य शिविरको पनि आयोजना गरि सेवा प्रवाह गर्दै आएको छ ।