प्रकाशित : २ भाद्र २०७६, सोमबार १९:०३


विराटनगर, २ भदौ । मोरङको सुन्दरहरैँचा नगरपालिकामा रहेको लाटीझोडा साझेदारी वन व्यवस्थापन समूहले एसईईमा उत्कृष्ट नतिजा ल्याएका १४ विद्यार्थीलाई नगदसहित पुरस्कृत गरेको छ ।
समूहले मोरङको सुन्दरहैँचाको गछियामा सोमबार एक कार्यक्रमको आयोजना गरेर उत्कृष्ट अंक ल्याएर एसईई उत्तीर्ण गरेका विद्यार्थीलाई पुरस्कृत गरेको हो ।
सुन्दरहरैँचा र बूढीगंगा गाउँपालिकामा रहेको सामुदायिक विद्यालयबाट उत्कृष्ट अंकसहित एसईई उत्तिर्ण भएका विद्यार्थीलाई नगद तीन हजार रुपैयाँ र सम्मान पत्र प्रदान गरिएको छ ।
विद्यार्थीलाई समूहकी कार्यवहाक संयोजक निरा पोखरेल र समूहका सदस्य सचिव विक्रम आमात्यले सम्मान पत्र र नगद प्रदान गरे । कार्यक्रममा आमात्यले वैज्ञानिक वनको उपलब्धी र वैज्ञानिक वन व्यवस्थापनका बारेमा जानकारी गराएका थिए ।