प्रकाशित : १ भाद्र २०७६, आईतवार १८:४६

विराटनगर, १ भदौ । इलाका प्रहरी कार्यालय रंगेलीले १२ वटा सुन गोहोरोसहित एक जनालाई पक्राउ गरेको छ । मोरङको सुनवर्षी नगरपालिका – ८ स्थित डाइनिया–सिक्टी सडक खण्ड अन्तर्गत छोटी भन्सार कार्यालय अगाडिबाट चेक जाँच गर्ने पक्राउ परेका व्यक्तिसँग १२ वटा सुन गोहोरो फेला परेको हो ।

पक्राउ पर्नेमा मोरङ पथरीशनिश्चरे नगरपालिका –६ हसन्दहका ५९ वर्षीय जसबहादुर धिमाल रहेका छन् । संरक्षित वन्युजन्तुको सूचीमा रहेको सुन गोहोरोलाई साइकलमा राखेर ल्याउँदै गरेको अवस्थामा उनलाई पक्राउ गरिएको प्रहरी निरीक्षक लेखनाथ दाहालले बताए ।

उनका अनुसार पक्राउ परेका धिमाल र उनीबाट फेला परेका सुन गोहोरोलाई आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालय मोरङमा बुझाइएको छ ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३