प्रकाशित : १ भाद्र २०७६, आईतवार १८:४४

विराटनगर, १ भदौ । ग्रामथान गाउँपालिकालाई मोरंगको पहिलो बालविवाहमुक्त गाउँपालिका घोषणा गरिएको छ । प्रदेश नं. १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले बाल विवाहमुक्त गाउँपालिका भएको घोषणा गर्नुभयो ।

बालविवाहमुक्त गाउँपालिका घोषणा गर्दै मन्त्री घिमिरले बालविवाहमुक्त प्रदेश बनाउनका लागि प्रदेश सरकार रणनीति बनाएर अघि बढेको बताउनुभयो । प्रदेशको सम्बृद्धि भनेकै बालबालिका भएकाले उनीहरुका लागि लगानी आवस्यक रहेकोमा उहाँको जोड थियो । जिल्ला समन्वय समिति मोरंगका प्रमुख नरेश पोखरेलले विकासको सूचकमा मोरंग अघि बढ्दै गएको बताउनुभयो ।

मोरंगलाई चाँडै बालविवाहमुक्त बनाउनुपर्नेमा उहाँको जोड थियो । ग्रामथानका ७ वटै वडा कार्यालयले बाल विवाहमुक्त वडा घोषणा गरिसकेपछि गाउँपालिकालाई आज बालविवाहमुक्त घोषणा गरिएको हो । गाउँपालिकालाई आगामी चैत्र भित्रमा बालमैत्री घोषणा गर्ने तयारी गरिएको उपप्रमुख फूलकुमारी चौधरीले जानकारी दिनुभयो ।

बालविवाह गराउने क्रम घट्दै गएको उहाँले बताउनुभयो । बालविवाह अन्त्यका लागि गाउँपालिकाले सचेतनामुलक कार्यक्रम, जुनसुकै उमेर समूहले विवाह गर्नुपुर्व बाल संरक्षण समितिले स्वीकृति दिनुपर्ने लगायतका कार्यक्रम गाउँपालिका भित्र सञ्चालित रहेको प्रमुख प्रशासकीय अधिकृत होमप्रसाद पौडेलले बताउनुभयो ।

बाल विवाह विकासको अवरोध भएकाले पनि यसलाई अन्त्य गर्नु आवस्यक रहेको ग्रामथान १ का वडाध्यक्ष नमोनारायण माझीले बताउनुभयो । ग्रामथानको ७ वटा वडा मध्ये बालविवाह अन्त्यका लागि वल्र्डभिजनको सहयोगमा वडा नं. १ र २ मा नारी विकास संघ विराटनगरले कार्यक्रम गरिरहेको छ ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३