Breaking News

कोसीको मेसुमा डा. लोहनी

प्रकाशित मिति : १ भाद्र २०७६, आईतवार १७:५२

विराटनगर, १ भदौ । विराटनगरस्थित कोसी अस्पतालको मेडिकल सुपरिटेन्डेनमा नियुक्त हुनु भएका डा. गुणराज लोहनीले आज पदभार सम्हाल्नु भएको छ ।

स्वास्थ्य सेवा विभागका महानिर्देशकको जिम्मेवारी सम्हाल्नु भएका डा. लोहनीले तीनै तहको सरकारको समन्वयमा अस्पतालको विकासमा ध्यान दिने बताउनु भयो । संघीय सरकार मातहतमा यो अस्पताल भएको बताउँदै उहाँले काम गर्ने सिलसिलामा तीनै तहको सरकारसँग समन्वय हुने जानकारी दिनु भयो ।

अस्पतालमा देखिएका बेथिती तथा समस्या समाधान गर्ने प्राथमिकतामा राखेको बताउँदै उहाँले सर्वसाधारणको पहुँचमा पुग्ने र बिरामीको उपचारलाई सहज बनाउनेतर्फ आफू केन्द्रीत हुने उल्लेख गर्नु भयो ।

राष्ट्रिय बीमा बोर्डका कार्यकारी निर्देशकको जिम्मेवारी समेत वहन गरिसक्नु भएका उहाँले अस्पतालमा सेवा लिन पुग्ने बिरामी तथा अन्यको आकांक्षा बुझ्दै काम गर्ने उल्लेख गर्नु भयो । अस्पतालमा हाल नेपाल सरकारतर्फबाट २ सय ४९ र विकास समितिबाट २ सय ६७ कर्मचारी तथा स्वास्थ्यकर्मीको दरबन्दी छ । जसमध्ये हाल करिब ५० दरबन्दी रिक्त छन् ।

जसमा एघारौं तहका ११ जना, नवौं र दसौं तहका २३ जना चिकित्सक र स्टाफ नर्स १० जनाको दरबन्दी खाली रहेको अस्पतालले जनाएको छ । यसअघि अस्पतालको मेडिकल सुपरिटेन्डेनमा बरिष्ठ मानसिक रोग विशेषज्ञ डा. रोशन पोखरेल रहनु भएको थियो ।

पोखरेलका पालामा निजी अस्पतालमा बिरामी ओसार्ने दलाललाई कोसीमा प्रवेश निषेध, बिरामीको प्रभावकारी उपचार, ल्याबमा अत्याधुनिक उपकरणको व्यवस्था लगायत अस्पताल सुधारका धेरै कामहरु भएका थिए ।

प्रकाशित मिति : ६ चैत्र २०७५, बुधबार १४:५६

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

arunkhabar@gmail.com

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३