Breaking News

सीसी क्यामेराको तार काटेर सहकारीबाट चोरी

प्रकाशित मिति : १ भाद्र २०७६, आईतवार १७:०५

विराटनगर, १ भदौ । संस्था भित्र जडान गरेको सीसी क्यामेराको तार काटेर मोरङको कानेपोखरी गाउँपालिका–७ बरगाछीमा रहेको जनमुखी बचत तथा ऋण सहकारी संस्थामा चोरी गरिएको छ ।

त्यहाँबाट पाँच लाख पाँच सय ५१ रुपैयाँ नगद चोरी भएको प्रहरीले जनाएको छ । गएराति १२ देखि आज बिहान २ बजेको बीचमा चोरी भएको हुन सक्ने प्रहरीको आशंका छ ।

झ्यालको ग्रील फुटाएर भित्र पस्दै चोरीमा संलग्नले रकम चोरी गर्नु अघि सीसी क्यामेराको तार काटेको इलाका प्रहरी कार्यालय पथरीका प्रहरी निरीक्षक रामबहादुर ढकालले बताउनु भयो । उहाँका अनुसार उक्त समूहले सीसी क्यामेराको हार्डडिक्स पनि लगेको छ । बन्द गर्ने क्रममा झ्यालको एउटा पल्ला लगाउन विर्सिएका कारण त्यही पल्लाको ग्रीत तोडेर चोरी गरिएको हुन सक्ने प्रहरीको भनाइ छ । सहकारीको कार्यालय भूइँ तलामा छ ।

सहकारीका उपाध्यक्ष हरि कोइरालाले कार्यालयको पूर्वतर्फको ग्रील भत्काएर बाकस भित्र राखिएको सेभ समेत फुटाएर नगद चोरी गरिएको बताउनु भयो । उहाँका अनुसार आइतबार बिहान ७ बजे सहरकारी खोल्ने क्रममा परिचालक रमेश शिवाकोटीले चोरी भएको थाहा पाएर खवर गर्नु भएको हो ।

अघिल्लो दिन उठाएको बचतको रकमको हिसाव गर्नका लागि शिवाकोटी बिहानै कार्यालय पुगेको बताइएको छ । चोरी गर्नेको पहिचान हुन नसकेको र खोजी गर्दै अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ । संस्थाको आगामी असोज ४ गते हुने २७ औं साधारण सभाको तयारी भइरहेको छ ।

त्यसको तयारीका लागि संस्थाको सञ्चालक समितिका पदाधिकारी गएराति १० बजेसम्म त्यहीं बसेर काम गरेका थिए ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

arunkhabar@gmail.com

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३