प्रकाशित : १ भाद्र २०७६, आईतवार १६:५९


विराटनगर, १ भदौ । भारतको कोलकातामा हुने १५ वर्षमूनिका साफ च्याम्पियन्यसीप फुटबलका लागि नेपाली राष्ट्रिय टोलीको विदाइ गरिएको छ ।
सुनसरीको इटहरीमा अखिल नेपाल फुटबल संघका पदाधिकारीहरुले २९ जनाको टोलीलाई विदाइ गरेको हो । बिदाइका क्रममा एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले नेपाली फुटबलको विकासले गति लिदै गएको बताउनुभयो ।
साफ च्याम्पियन्सीपमा सहभागी हुने टोलीलाई शुभकामना दिदैं अध्यक्ष शेर्पाले स्तरीय खेलको प्रदर्शन गर्दै उपाधि जित्ने क्षमता टोलीमा रहेको बताउनुभयो ।
सुहाँउदिलो वातावरणका लागि इटहरीमा पछिल्लो एकसातादेखि टोली इटहरीमा बन्द प्रशिक्षणमा रहेको बताएका टोली ब्यवस्थपक निरोज खड्गीले कोलकाता मिसन जितका लागि हुने बताउनुभयो । प्रदेश एकबाट सात जना खेलाडीसहितको टोलीको कप्तानी प्रदीप लम्सालले गरिरहेकाछन् ।
नेपालले पहिलो खेल भारतविरुद्ध भदौ ४ गते कल्याणी स्टेडियममा खेल्नेछ । प्रतियोगितामा आयोजक राष्ट्र भारतसंगै साविकको विजेता बंगलादेश, पाकिस्तान, श्रीलंका र भुटानसंग नेपालले राउण्ड रोविनका आधारमा प्रतिस्पर्धा गर्नेछ । गतवर्ष काठमाडांैमा सम्पन्न प्रतियोगितामा नेपाल चौथो स्थानमा रहेको थियो ।
सोक्रममा बंगलादेशले पाकिस्तानलाई पेनाल्टीमा पराजित गर्दै उपाधि चुम्न सफल भएको थियो। भारतीय टोली भने तेश्रो स्थानमा रहेको थियो ।