Breaking News

प्रधानमन्त्री ओली अस्वस्थ

प्रकाशित मिति : ३० श्रावण २०७६, बिहीबार १९:०१

काठमाण्डौं, ३० साउन । प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक स्थगित भएको छ । प्रधानमन्त्री ओली सिंगापुरमा उपचार गराएर सोमबार मात्र स्वदेश फर्किनु भएको थियो । विमानस्थलमा कुनै प्रतिक्रिया नदिएका उनले ‘म ठीक छु’ भन्दै ट्वीट गरेका थिए ।

तर आज बिहीबार बोलाइएको सचिवालय बैठक प्रधानमन्त्रीको अस्वस्थताका कारण स्थगित भएको छ । बैठकका लागि नेताहरु बालुवाटारसमेत पुगेका थिए । एक नेताकाअनुसार ओली बैठकस्थलमा नै आउनु भएन ।

अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माथिल्लो तलामा गएर आराम गरिरहेका ओलीलाई भेट्नु भएको थियो ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

arunkhabar@gmail.com

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३