Breaking News

बेलबारीका २१ वटा सीमसारको गुरु योजना निर्माण

प्रकाशित मिति : ३० श्रावण २०७६, बिहीबार १८:४८

विराटनगर, ३० साउन । मोरंगको बेलबारीलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने उद्देश्यले बेलबारी नगरपालिकाले त्यस क्षेत्रका विभिन्न २१ वटा स्थानीय सीमसार क्षेत्रको १५ बर्षे गुरुयोजना निर्माण गरी तिनको संरक्षण र विकास कार्य अघि बढाएको छ ।

नगर भित्रका सीमसार क्षेत्रको पहिचान गर्ने र गुरुयोजना निर्माणको कार्य पुरा गरिसकेको नगरपालिले तिनको थप विकासका लागि चालु आर्थिक बर्ष २०७६/०७७ मा २० लाख रुपियाँ बजेट बिनियोजन गर्नुका साथै लागत सहभागिताका लागि तीन करोड रुपियाँको संचिती कोष निर्माण गर्ने योजना अघि सारिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप साहले जानकारी दिनुभयो ।

बेलबारी नगर क्षेत्रमा अमना, सिसौली, झलझले, महाराजथान, कुइरीखोला, जाल्पादेबी, मखन पोखरी, धैतीझोरा, थानझोरा गरी कुल २१ वटा सीमसार रहेका कुरा यस अघि नै पहिचान भईसकेको छ । ती सबै सीमासार क्षेत्रको संरक्षण, विकासका लागि ३० करोड रुपियाँ भन्दा बढी लगानी आवश्यक भएको कुरा नगरपालिका तयार पारेको गुरुयोजनामा उल्लेख छ । जसमा सीमसार क्षेत्रको प्रचार प्रसार, जनचेनता अभियानका लागि सात करोड ३५ लाख रुपियाँ र सीमसार क्षेत्रमा भौतिक संरचना निर्माणका लागि २२ करोड ८२ लाख रुपियाँ लाग्ने अनुमान गरिएको छ ।

बेलबारी क्षेत्रका सीमासारको सख्या अत्यधिक भएकाले तिनको समुचित मात्रामा संरक्षण र विकास तथा प्रचारप्रसार गर्न ठूलो रकम र धेरै समयको आवश्यकता पर्ने हुनाले १५ वर्षको योजना निर्माण गर्नु परेको बेलबारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र सुबेदीले बताउनुभयो ।
जसमा पहिलो पाँच वर्षमा वेलवारीका सिमसारको पहिचान गर्ने, तिनको महत्व र तिनमा विकास गर्न सकिने विषयवस्तु निर्धारण गर्ने, सीमसार क्षेत्रमा भईरहेको अतिक्रमण रोक्ने तथा तिनको संरक्षणको पूर्वाधार निर्माण गर्ने कार्य गरिने छ ।

दोस्रो पाँच वर्षमा तिनलाई घेराबारा गर्ने, पुनव्र्यवस्थित गरी आवश्यकता अनुसारको वृक्षारोपण गर्ने, पानीको सतह अभिबृद्धिको कार्यक्रम गरी हराभरा बनाइने योजना रहेको छ । तेस्रो पाँचौं वर्षमा भने तिनीहरुको समुचित विकास गरी जनजिविकाको माध्यमका रुपमा सदुपयोग गरिने कुरा गुरु योजनामा उल्लेख गरिएको छ ।

बेलबारी नगर क्षेत्र भित्र रहेका सीमासारहरुको संरक्षण र विकास गर्न सके ती क्षेत्रहरु प्र्यटकीय प्रबद्र्धनका केन्द्र बन्न सक्ने र त्यसले बेलबारी नगर क्षेत्रको आर्थिक विसकामा ठूलो सयोग पुग्ने अपेक्षा गरिएको छ । स्थानीय क्षेत्रका सीमासारहरुको संरक्षण, विकास र प्रचार प्रसारका लागि ठूलो रकमको आवश्यकता पर्ने र नगरपालिका एक्लैले त्यो गर्न नसक्ने भएकाल प्रदेश र संघीय सरकारका साथै विभिन्न दातृ निकायसँग सहयोगका लागि अनुरोध गर्ने योजना रहेको पनि मेयर सुबेदीले जानकारी गाराउनुभयो ।

बेलबारी क्षेत्रमा विभिन्न प्रकृतिका सीमासारहरु भएकाले तिनको संरक्षण र विकास पनि सोही अुनसार गर्नु पर्ने कुरा विराटनगर स्थित स्नाकोत्तर क्याम्पसका प्रध्यापक तथा सीमसार विज्ञ प्रा डा दामोदर थापा बताउनु हुन्छ । “ कुनै सीमासारलाई संरक्षण र अनुसन्धान केन्द्रको रुपमा, कुनैलाई मानव गतिविधि सञ्चालन गर्ने र कुनैलाई संस्कृतिक पक्षसँग जोडेर लैजान गरी काम अघि बढाउनुपर्छ ”– प्रा डा थापाले भन्नुभयो ।

बेलबारीका कतिपय सिमसारलाई जैविक विविधताको अध्ययनको थलोका रुपमा विकास गरिने योजना अघि सारिएको छ । जसबाट पर्यावरणमा सकारात्मक प्रभाव पर्ने छ । तर अन्य कतिपय सिमसारलाई मानव गतिविधिका क्षेत्रका रुपमा विकास गरिने हुनाले तिनीहरुमा भने जैविक विविधताको र्हास आउन सक्ने खतरा रहेको कुरा गुरुयोजनामा उल्लेख छ । तर त्यसबाट पर्यटन गतिविधिमा बृद्धि भई स्थानीयको सामाजिक र आर्थिक अवस्थामा पनि परिवर्तन आउने संभावना प्रवल रहेको कुरा पनि गुरुयोजनाले स्पस्ट पारेको छ ।

वेलवारीका महाराजथान, थानझोरा, धनपाल, सुकुना र जाल्पादेवी लगायतका सिमसारको सांस्कृतिक पक्षलाई जोड दिएर त्यसै अनुरुप विकास कार्य अघि बढाउने योजना रहेको छ । अन्य सिमसारहरु अमन र, सिसौली लगायतका राजमार्ग उत्तरका सिमसारलाई पर्यावरणीय दृष्टिले अति महत्वपूर्ण मानी जैविक विविधता जोगाउने तथा संरक्षण गर्ने उपायका साथ विकास गरिने योजना रहेको छ । त्यस बाहेक राजमार्ग दक्षिणका सिमसारमा भने मानव गतिविधि सञ्चालन गर्ने खालका कृयाकलाप गरिने गरी संरचना निर्माण गरिने योजना अघि सारिएको छ ।

बेलबारीमै रहेको बेतौना सीमासारको भने केही बर्ष अघि नै गुरुयोजना निर्माण गरी त्यसको संरक्षण र विकासको कार्य अगाडि बढाइएको थियो । अहिले उक्त क्षेत्र पर्यटकीय आकर्षको केन्द्र बनेको छ ।

त्यस बाहेक पनि बेलबारी क्षेत्रमा विभिन्न प्रकृतिका दुई दर्जन भन्दा बढी सीमसार क्षेत्र रहेकाले तिनको संरक्षण गरी आवश्यक पूर्वाधार निर्माण गर्न सके बेलबारीले दैनिक हजारौको सख्यामा स्वदेशी पर्यटक भित्र्उन सक्ने र जसले त्यस क्षत्रेको आथिक विकासमा ठूलो फड्को पार्ने कुरा विराटनगर स्थित स्नाकोत्तर क्याम्पसका सहप्रध्यापक डा अजुर्न बराल बताउनु हुन्छ । तर त्यसका लाग तत्काल भने सिमसारको सिमा निर्धारण, संरक्षण र प्रचारप्रसारको कार्य गर्न अति आवश्यक देखिन्छ ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

arunkhabar@gmail.com

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३