Breaking News

सुन्दरहरैचा १ लाई बाल विवाह मुक्त वडा घोषणा गरिने

प्रकाशित मिति : २८ श्रावण २०७६, मंगलवार १९:००

विराटनगर, २८ साउन । मोरंगको सुन्दरहरैचा १ लाई आगामी चैत भित्रमा बाल विवाह मुक्त वडा घोषणा गरिने भएको छ । आज हरैचामा आयोजित बाल विवाह अन्त्यका लागि प्रतिवद्धता घोषणा सभामा वडाध्यक्ष विनोद वस्नेतले आगामी चैत्र भित्रमा बाल विवाह अन्त्य गर्ने प्रतिबद्धता जनाउनुभयो ।

उहाँले बाल विवाह भएको कसैले सूचना दिए वडाले १ हजार पुरस्कार दिने समेत बताउनुभयो । कार्यक्रममा नगरपालिका प्रमुख शिव ढकालले बालबालिकासँग संवन्धित कार्यक्रम बालबालिकाकै सहभागितामा गराउने बताउनुभयो । प्रतिबद्धता गरे अनुसार नै वडा नं. १ लाई चैत भित्रमा बाल विवाहमुक्त घोषणा गरिने बताउनुभयो ।

मोरंगका ५ वटा स्थानीय तहका ८ वटा वडामा वल्र्ड भिजनको सहयोगमा नारी विकास संघ विराटनगरले स्थानीय तहसँगको समन्वयमा बाल विवाह अन्त्यका लागि काम गरिरहेको छ ।

अहिले सम्म ग्रामथान १ र २ बाल विवाह मुक्त वडा भएका छन् । विराटनगर १९, कटहरी ५ र ६ , बुढीगंगगा ७ ले यसै वर्ष भित्रमा बाल विवाह मुक्त वडा घोषणा गरि सक्ने बताएका छन् ।

बुढीगंगगा ६ नंवर वडाले बाल विवाह अन्त्य गर्ने प्रतिबद्धता जनाउन बाँकी रहेको नारी विकास संघ विराटनगरकी कार्यक्रम संयोजक सरिता अधिकारीले जानकारी दिनुभयो ।

प्रकाशित मिति : ६ चैत्र २०७५, बुधबार १४:५६

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

arunkhabar@gmail.com

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३