Breaking News

बेबारिसेको उपचारमा समस्या

प्रकाशित मिति : २८ श्रावण २०७६, मंगलवार १८:५१

विराटनगर, २८ साउन । विराटनगरको कोसी अस्पतालमा एक साता अघि आएका एक बेबारिसे युवाको उपचारमा समस्या भएको छ । देब्रे खुट्टामा घाउ बोकेर आएका अन्दाजी ३५ वर्ष जतिका युवाको अहिले त्यही घाउका कारण घुँडादेखि तलको भाग कुहिएको छ । जसका कारण अस्पतालको इमरजेन्सी कक्ष वरपर दुर्गन्ध फैलिएको छ ।

दुर्गन्धका कारण उपचारका लागि जाने बिरामी, अस्पतालका स्वास्थ्यकर्मी तथा कर्मचारी समस्यामा परेका छन् । युवाको परिचय खुलेको छैन । परिवारका सदस्य र आफन्त पनि भेटिएका छैनन् ।

बेबारिसे अवस्थामा आकस्मिक कक्षको प्रतीक्षालयमा बसेका उनको अस्पतालले निःशुल्क उपचार सुरु गरेको थियो । तर घाउ ठीक हुनुको साटो उल्टै घुँडादेखि मुनीको भाग कुहिएको छ । घाउ निको नभएपछि उपचारमा संलग्न चिकित्सकले घुँडादेखि तलको भाग काटेर फ्याल्नुको विकल्प नभएको बताएका छन् ।

अस्पतालका बरिष्ठ हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डा. यज्ञराज खरेलले औषधिले निको हुन नसके कारण संक्रमण रहेको घुँडादेखि तलको भाग तत्काल काट्नु पर्ने बताउनु भयो । उहाँले जतिसक्दो चाँडो काटेर नफ्याले यसको संक्रमण शरीरका अन्य अंगमा पनि फैलने जानकारी दिनु भयो ।

आफन्त र परिवारका सदस्य कोही पनि नभएका युवाको चिकित्सकले भने जस्तो उपचार गर्न समस्या भइरहेको अस्पतालका सूचना अधिकारी विष्णुबहादुर बुढाथोकीले बताउनु भयो । ‘खुट्टा काट्नु अघि कानुनी प्रक्रिया पूरा गर्न बिरामी जिम्मा लिने कोही चाहिन्छ,’ उहाँले भन्नु भयो , ‘सबै कुरा अस्पतालले गरिदिन्छ भन्दा पनि जिम्मा लिने र कुरुवाका रुपमा बस्ने कोही भेटिएनन् ।’ उहाँले अहिले पनि संक्रमण रोकथामका लागि अस्पतालको सामाजिक सेवा ईकाईमार्फत औषधि उपचारलाई भने जारी राखिएको बताउनु भयो ।

प्रकाशित मिति : ६ चैत्र २०७५, बुधबार १४:५६

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

arunkhabar@gmail.com

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३