प्रकाशित : २६ श्रावण २०७६, आईतवार १८:४८


विराटनगर, २६ साउन । मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर ईद (इदुल जोहा) को अवसरमा मोरङका दुईवटा स्थानीय तहले भोलि स्थानीय सार्वजनिक विदा दिएका छन ।
विराटनगर महानगरपालिका र रतुवामाई नगरपालिकाले सूचना जारी गर्दै भोलि विदा दिइएको जानकारी दिएका छन् । मुस्लिम धर्मावलम्बीको महान् पर्व बकर ईद भोलि देशभरका मस्जिदमा हर्षाेल्लासपूर्वक मनाइँदैछ । भोलि मुस्लिम धर्मावलम्बीहरू बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढ्छन् ।
नमाज पढिसकेपछि एक आपसमा अंकमाल गर्दै शुभकामना आदान प्रदान गरिन्छ ।
सम्बन्धित शीर्षकहरु