Breaking News

पथरीशनिश्चरे र बेलबारीमा नेकपाको सपथग्रहण

प्रकाशित मिति : २५ श्रावण २०७६, शनिबार २१:५३

पथरीशनिश्चे २५ साउन । नेपाल कम्यूनिष्ट पार्टीको मोरङ जिल्लाको एकीकरण अभियानमा जुटेका नेताहरुले अवको काम अधिकार प्राप्तिको लडाईको नभई कर्तव्य पालनाको रहेको बताएका छन् ।

पार्टी एकीकरणको घोषणासभा अन्तर्गत आज जिल्लाको पथरीशनिश्चरेको कार्यक्रममा बोल्दै नेकपाका १ नम्वर प्रदेश अध्यक्ष देवराज घिमिरेले अव सवै तह र तप्काले समृद्धिको बाटोमा मुलुक अघि बढाउन कर्तव्य पालना गर्नतर्फ लाग्नु पर्नेमा जोड दिनुभएको छ । उहाँले तिनै तहका सरकारले जनताको साँच्चैको आवश्यकता पुरा गर्न कसरी लाग्ने भन्ने महत्वपूर्ण कर्तव्य रहेको चर्चा गर्नुभएको छ ।

कार्यक्रममा नेकपाका जिल्ला अध्यक्ष ऋषिकेश पोखरेलले अवको नेपालको युग कर्तव्य पालनको युग भएको बताउँदै जनताको हितका लागि नेता, कार्यकर्ता र सरकारले नविन ढंगले काम गर्नु पर्नेमा जोड दिनुभएको छ । उहाँले वडा र टोल तहसम्मका कमिटीलाई गहन जिम्मेवारी दिँदै कुन पालिकाको के आवश्यकता छ त्यसको आधारमा योजना बनाएर समाज सञ्चालन गर्नुपर्ने उहाँले निर्देशन समेत दिनुभयो । साथै उहाँले पुरानो सोच र प्रबृत्ति छोडेर नयाँढंगबाट अगाडि बढ्नु पर्ने व्यवहारिक आवश्यकता औंल्याउनु भएको छ ।

दैनिक जनताको दुःखसुखमा आवद्ध हुन दैनिक रुपमा पार्टी कार्यालय संचालन गर्ने प्रवन्ध गर्न, भदौ १५ भित्र नगरका प्रत्येक वडाले कार्यकर्ता भेला गर्न तथा फेसबुकमा जथाभावी लेखेर नकारात्मक धारणा फैलाउने गतिविधिलाई आचार संहिता समेत वनाउन उहाँको निर्देशन रहेको छ । सो क्रममा बोल्दै पोखरेलले चुनावी घोषणापत्रमा उल्लेख गरेका वाचाहरु पुरा गर्न स्थानीय जनप्रतिनिधि चुस्त तवरले लाग्नु आवश्यक रहेको प्रसंग ल्याउँदै जिल्ला पार्टीले स्थानीय तह सञ्चालन कार्यविधि समेत वनाउने सुनाउनु भएको छ ।

कार्यक्रममा, नगर कमिटी संयोजकमा मोहन तुम्वापो र सचिवमा बालकुमार मगर सहितको ८१ सदस्यीय कमिटी तथा वडा कमिटीलाई शपथ ग्रहण गराइएको छ । यसैवीच नेपाल कम्युनिष्ट पार्टी नगरकमिटि बेलबारीको सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ । केन्द्रिय सदस्य तथा मोरङ ईन्चार्ज घनेन्द्र बस्नेतले नगरकमिटिका पदाधिकारीहरुलाई सपथ ग्रहण गराउनु भएको थियो ।

पर्शुराम सुवेदीको अध्यक्ष्यतामा बनेको ८६ नगर नगरकमिटिको सचिव भने रविन थापा रहनु भएको छ । सपथ ग्रहण कार्यक्रममा नेकपाका केन्द्रिय सदस्य गुरु बराल प्रदेश सदस्य डिपि राई र सामना घिमिरे, जिल्ला सचिव गणेश उप्रेति , प्रदेश सांसद राजकुमार ओझा, बेलबारी नगर उपप्रमुख ढाकाकुमारी पराजुली लगायतको उपस्थितिमा सपथग्रहण सम्पन्न भएको हो ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

arunkhabar@gmail.com

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३