प्रकाशित : २० श्रावण २०७६, सोमबार १९:२४

इनरुवा, २० साउन । कोशी क्षेत्रका तीन जिल्लाका कोशी कटान पीडितहरुले कोशी सन्धि अनुसारको मुआब्जाको व्यवस्था गर्न माग गर्दै जिल्ला प्रशासन कार्यालय सुनसरीमा सात बुँदे ज्ञापन पत्र सोमबार बुझाएका छन ।

कोशी नदी कटान डुवान पीडित संघर्ष समिति सप्तरी, सुनसरी र उदयपुरको तर्फबाट संयुक्त रुपमा कोशी कटान पीडितहरुले सदरमुकाम इनरुवामा प्रदर्शन गर्दै जिल्ला प्रशासन कार्यालय सुनसरीमा सात बुदे माग सहितको ज्ञापन बुझाएको हो ।

ज्ञापन पत्रमा सन्धि अनुसारको पीडितको बाली (फसल)को क्षतीपुर्ती मुआब्जा दिनुपर्ने, कटान पीडितको जग्गामा कोशी योजनाको कामकारवाहीलाई रोक्नुपर्ने, जग्गाको सुरक्षा हुनुपर्ने, कोशीमा पायलट च्यानको काम गर्नुपर्ने, कोशीमा पीडित र नेपालीहरुलाई जागिर दिनुपर्ने , सन्धि अनुसारको अस्पताल र विद्यालय खोल्नुपर्ने र नेपाली भूमिमा काम गर्दा अनुमती लिनुपर्ने लगायतका सात बुँदा माग उल्लेख गरेका छन् ।

उता भारत सरकारले कोशी सम्झौता अनुसार वर्षै पिच्छै कोशी कटानबाट पीडितलाई दिनुपर्ने क्षतिपुर्ती नदिएर अन्याय गरेको भन्दै सम्झौता कार्यान्वयन गर्न दवाव दिने उद्देश्यले आन्दोलन कार्यक्रम समेत सार्वजनिक गरिएको छ ।

कोशी नदी कटान डुवान पीडित संघर्ष समिति सप्तरी, सुनसरी र उदयपुरको तर्फबाट संयुक्त रुपमा बुझाईएको ज्ञापनपत्र मार्फत सार्वजनिक गरिएको आन्दोलन कार्यक्रम अन्तर्गत साउन ३२ गते बिहान ९ बजे सुनसरी सदरमुकाम इनरुवा, सप्तरीको राजविराज तथा कोशी ब्यारेज सडक खण्डमा कोण सभा, धर्ना र रिले अनसन लगायतका कार्यक्रम राखिएको छ ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३