Breaking News

प्रदेश नं. १ मा आयुर्वेद उद्योग स्थापनाका लागि ५ स्थान प्रस्ताव

प्रकाशित मिति : २० श्रावण २०७६, सोमबार १९:१४

विराटनगर, २० साउन । प्रदेश नं. १ मा आयुर्वेद उद्योग स्थापनाका लागि ५ वटा स्थान प्रस्ताव गरिएको छ । मोरङको कटहरी, धनपालथान, बेलबारी, झापाको जुकेखाडी, सुनसरीको तरहरा प्रस्ताव गरिएको हो ।

आयुर्वेद संवन्धि उद्योग सार्वजनिक निजी साँझेदारीमा सञ्चालन गर्नका लागि विज्ञले सुझाव दिएका छन् ।

सामाजिक विकास मन्त्रालयले डा. भविन्द्र निरौलाको संयोजकत्वमा गठन गरेको आयुर्वेद चिकित्सा एवम् औषधि प्रशोधन तथा उत्पादन केन्द्र स्थापना सम्भाव्यता अध्ययन कार्यदलले ८१ दिन लगाएर अध्ययन गरेको प्रतिवेदन आज मुख्यमन्त्री शेरधन राई समक्ष प्रस्तुत गर्दै प्रदेश नं. १ मा आयुर्वेद उद्योग स्थापना तत्काल गर्नु पर्ने सुझाव दिईएको छ ।

भारतबाट २८ करोडको आयुर्वेदीक औषधी प्रदेश नं. १ मा खपत हुने गरेको अध्ययन टोलीले बताएको छ । कार्यदल सदस्य तथा जडिवुडी र अन्र्तराष्ट्रिय व्यापार विषयका विज्ञ दिपेश प्याकुरेलले प्रदेश नम्बर १ मा पहिचान गरिएका व्यापारीक जडीबुटीहरुमा रुद्राक्ष, तेजपात, चिराइतो, रिठ्ठा, मजिठो धेरै परिमाणमा विक्री भएको पाइएको जानकारी दिनुभयो ।

नेपालमा सबैभन्दा बढी खपत हुने आयुर्वेदीक औषधिहरुमा अभिपत्तिकर चुर्ण, त्रिफला चुर्ण बर्रो चुर्ण, अश्वगन्धा चुर्ण आदि रहेको जानकारी गराउनु भयो ।

नेपालबाट २०७४/०७५ मा १ अर्ब ५५ करोड बराबरको कच्चा जडीबुटी ५० भन्दा बढी मुलुकमा निर्यात भएको छ । गत आ.व.मा १ अर्ब ८८ करोडको आयुर्वेदीक औषधि भारतबाट आयात गरिएको थियो । सामाजिक विकास मन्त्रालयले उद्योगको लागि स्थानको छनौट गर्ने, प्रस्तावित आयुर्वेदीक उद्योगको डिपिआर तयार गराउने र गुरुयोजना तयार गर्ने गराउने बताइएको छ ।

बर्षेनी आयुर्वेदीक औषधि खरिदका लागि ठूलो धनराशी बाहिर जाने भएकाले यस्ता जडीबुटी यही उत्पादन गर्न सके आर्थिक रुपमा सम्पन्न हुने कार्यदलका सदस्य डा. उमेशकुमार मेहताले बताउनु भयो ।

कार्यदलको प्रतिवेदन बुझ्दै मुख्यमन्त्री राईले प्रदेश नम्बर १ मा जडीबुटीको प्रचुर सम्भावना रहेकाले आर्थिक समृद्धिको महत्वपूर्ण आधार हुने बताउनु भयो । नेपालबाट कच्चा पदार्थ बाहिर जाने र औषधिको रुपमा महंगो मूल्यमा खरिद गर्नुपर्ने बाध्यकारी परिस्थितीको अन्त्यका लागि छिट्टै जडीबुटी प्रशोधन केन्द्र स्थापना गर्ने उहाँले बताउनु भयो ।

प्रकाशित मिति : ६ चैत्र २०७५, बुधबार १४:५६

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

arunkhabar@gmail.com

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३