प्रकाशित : १९ श्रावण २०७६, आईतवार १८:५६

विराटनगर, १९ साउन । मोरंग ग्रामथानका दुई वटा विद्यालयलाई आज सेनेटरी न्याप्किन बेडिङ मेसिन प्रदान गरिएको छ । ग्रामथान गाउँपालिकाको वेगनलाल आधारभुत विद्यालय र सरस्वती माविलाई १/१ थान मेसिन प्रदान गरिएको हो ।

वल्र्ड भिजन इन्टरनेशनलको सहयोगमा नारी विकास संघ विराटनगरले सो मेसिन प्रदान गरेको हो । महिनाबारी भएको समयमा किशोरी विद्यार्थी विद्यालय आउनबाट बञ्चित हुनु नपरोस भन्ने उद्देश्यले मेसिन प्रदान गरिएको नारी विकास संघ विराटनगरकी कार्यक्रम संयोजक सरिता अधिकारीले बताउनुभयो ।

पहिलो चरणमा ४ वटा स्थानीय तहका ८ वटा विद्यालयललाई मेसिन प्रदान गरिने उहाँले बताउनुभयो । सेनेटरी प्याडको व्यवस्थापन विद्यालयले गर्ने गरि मेसिन हस्तान्तरण गरिएको कार्यक्रम संयोजक अधिकारीले बताउनुभयो ।

नारी विकास संघले विराटनगर महानगरपालिका १९, सुन्दरहरैचा १ , ग्रामथान १ र २, बुढीगंगाा ६ र ७ र कटहरी ५ र ६ मा किशोरी परियोजना अन्र्तगत महिनाबारी व्यवस्थान कार्यक्रम गरिरहेको छ ।

विद्यालयमा सेनेटरी प्याडको व्यवस्था हुन थालेपछि किशोरी विद्यार्थीलाई महिनाबारी भएको समयमा विद्यालय आउन सहज भएको वेगनलाल आधारभुत विद्यालयका प्रधानाध्यापक कृष्णहरि घिमिरेले बताउनुभयो ।

विद्यालयसँगै पालिका स्तरमा पनि महिनावारी व्यवस्थापनबारे कस्तो नीति बनाउने भन्ने विषयमा छलफल भईरहेको कार्यक्रम संयोजक अधिकारीले बताउनुभयो । नारी विकास संघ विराटनगरले ५ वटा स्थानीय तहका ८ वटा वडाका २५ वटा विद्यालयमा महिनावारी व्यवस्थापन कार्यक्रम सन २०१८ देखि गरिरहेको छ ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३