Breaking News

टेलिफोन सेवाबाट सर्वसाधरण बञ्चित

प्रकाशित मिति : १७ श्रावण २०७६, शुक्रबार १८:५२

विराटनगर, १७ साउन । विराटनगरमा निर्माण भइरहेको ढल नाला तथा सडकको निमार्णका क्रममा नेपाल टेलिकमको तार जथाभावि चुँडिँदा हजारौं लाइन काटिएपछि टेलिफोन सेवाबाट सर्वसाधरण बञ्चित भएका छन् ।

विराटनगरमा भइरहेको विकास निर्माणका कारण सेवा अवरुद्ध हुँदा टेलिकमबाट वितरित टेलिफोन लाईन लिनेको संख्या पनि घटेको सो कार्यालयले जनाएको छ । पहिले टेलिफोन लिनका लागि तँछाड मछाड हुने टेलिकमको कार्यालयमा अहिले लाइन रद्ध गराउनेहरु बढेको कार्यालयका सूचना अधिकारी तथा लेखा अधिकृत पशुपति सुवेदीले बताउनुभयो ।

विराटनगर शाखाबाट विराटनगरमा ८ हजार ८ सय ५७, रानी शाखाबाट ६ सय १५, रोडशेषबाट १ हजार ८ सय ८२, टंकीसिनुवारीबाट १ हजार ५८ र तीनपैनीबाट २ हजार ८ सय ७९ वटा टेलिफोन लाइन संचालनमा छन् ।

त्यसमध्ये हाल विराटनगरको ट्राफिक चोकमा रहेको ४ नम्बर क्याबिनेटका १ सय ५०, महेन्द्र चोकका ७० र ७१ नम्बर क्याबिनेटका साढे ३ सय, महेन्द्र चोककै २२ र ३४ क्याबिनेटका २ सय बढी लाइन र हाटखोलाको २५, २६, ८३, ८५ र ५५ क्याबिनेटको झण्डै साढे ९ सय लाइन विकास निर्माणकै कारण अवरुद्ध छन ।

सडक तथा ढल निर्माणका क्रममा खन्नुपर्ने स्थानमा टेलिकमका लाईन अण्डरग्राउण्ड गरिएको भएपनि निर्माण कम्पनीले टेलिकमसँग कुनै समन्वय नगरी खनिदिँदा धेरै क्षति भएको सुवेदीको भनाइ छ ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

arunkhabar@gmail.com

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३