Breaking News

मुख्यमन्त्री कपमा अनियमितता नभएको आयोजकको दावी

प्रकाशित मिति : १७ श्रावण २०७६, शुक्रबार १८:४९

विराटनगर, १७ साउन । मुख्यमन्त्री कप प्रदेश लिग फुटबल प्रतियोगिता प्रदेश १ को आयोजनाका क्रममा १ लाख ८९ हजार रुपैयाँ अपुग भएको आयोजक समितिका अध्यक्ष किरण राईले बताउनु भएको छ ।

आज विराटनगरमा प्रदेश १ को सार्वजनिक लेखा समितिद्धारा प्रतियोगिताबारे छानबिनका क्रममा अध्यक्ष राईले सो कुरा बताउनु भएको हो । सार्वजानिक लेखा समितिका सभापति शिवनारायण सिंह गन्गाईले प्रतियोगिताको बजेटमा व्यापक अनियमितिता भएको बारे जानकारी माग्नु भएको थियो । प्रतियोगितामा अनियमितता नभएको भन्दै बचाउ गरेका अध्यक्ष राईले भन्नु, ‘प्रतियोगिताका लागि प्रदेश सरकार समाजिक विकास मन्त्रालयबाट उपलब्ध एक करोड रकममा सञ्चालन भएको हो ।

जसमा प्रतियोगिता खर्च नै १ करोड २ लाख ४९ हजार रुपैयाँ लागेको छ । जसअनुसार रकम अझै अपुग छ ।’ सो अपुग १ लाख ८९ हजार रुपैयाँ रकम आयोजक समितिले अखिल नेपाल फुटबल संघ एन्फासँग माग गर्ने उहाँको भनाइ छ ।

समितिलाई जानकारी दिदैं सहभागी दुईवटा टोलीबाट दर्ताको रकम १० हजार रुपैयाँ भने प्राप्त नभएको अध्यक्ष राईले बताउनु भयो । प्रतियोगिता सञ्चालनका विषयमा समितिका सभापति सिंहले तेह्रथुमको टोली अंक बराबर भएको अवस्थामा बाहिरिनुले खेल नियममा सञ्चालन नभएको प्रश्न गर्नु भएको थियो । सो क्रममा यथेष्ठ प्रमाण विना खेल मिलोमतोलाई स्वीकार गर्न नसकिने बताएका राईले तेह्रथुम समान अंक हुदाँहुदै पनि बाहिरिनुमा प्राविधीक त्रुटि भएको हुनसक्ने स्वीकार गर्नु भयो ।

सोही विषयमा सभापति सिंहले प्रतियोगिता सञ्चालन नियमानुसार नभएको भन्ने कुरा छर्लंगै भएको र नयाँ टोली तेह्रथुम आयोजकको कमीकमजोरीको शिकार भएको बताउनु भएको थियो । छानबिन कै क्रममा नेकपाका सांसद एवं समिति सदस्य कुलप्रसाद लिम्बूले प्रदेश १ को गरिमामय प्रतियोगिता विवादरहित बन्न नसकेको स्पष्ट पार्नु भयो ।

प्रतियोगिता सबै भन्दा बढी विवादित बनेको उहाँको भनाइ छ । त्यसैगरि, उनले प्रतियोगितामा एन्फाबाट समावेश हुनुपर्ने ३३ लाख रकममा अनियमितता भएको आशंका ब्यक्त गर्नु भएको थियो । सोही क्रममा संखुवासभाका नेकपा सांसद तुलसी न्यौपानेले एन्फाले मुख्यमन्त्री कप जस्तो प्रतिष्ठित प्रतियोगितामा सहभागि टोलीलाई तयारी खर्च दिने क्रममा काखापाखा गरेको बताउनु भयो ।

करिब २ घण्टा चलेको छानविनका क्रममा समितिले आयोजक पक्षलाई प्रतियोगिताको खर्च विवरण, रकम भुक्तानी, बैंक स्टेटमेन्ट, लगायतका कागजपत्र माग गरेको थियो ।

सोही अनुसार राईले लेजर, प्राविधिक रिर्पोट, खर्च भौचरसहित १७ वटा कागजपत्र समितिलाई बुझाउनु भयो । मुख्यमन्त्री कप प्रदेश लिग फुटबल प्रतियोगिता असार १६ देखि ३१ गते सम्म भएको थियो । १४ जिल्लाको सहभागितामा पहिलो चरणको लिगको खेलहरु उदयपुर, धरान, र इलाममा खेलाइएको थियो ।

प्रकाशित मिति : ६ चैत्र २०७५, बुधबार १४:५६

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

arunkhabar@gmail.com

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३