प्रकाशित : १६ श्रावण २०७६, बिहीबार १९:०२

विराटनगर, १६ साउन । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का संस्थापक महासचिवस्वर्गीय प्रकाश काफ्लेको २७ औँ स्मृति दिवसका अवसरमा २५ औँ प्रकाश मानव अधिकार पुरस्कार मोरङका सामाजिक अभियान्ता गुरू बराललाई प्रदान गरिएको छ ।

आज विराटनगरमा आयोजित कार्यक्रममा बराललाई एक नम्बर प्रदेश प्रमुख प्रा.डा.गोविन्दबहादुर तुम्बाहाङ, मुख्यमन्त्री शेरधन राई, इन्सेक अध्यक्ष डा.ईन्दिरा श्रेष्ठलगायतले ताम्रपत्र ,नगदसहित इन्सेक चिन्हृ प्रदान गर्दै सम्मान गर्नुभयो ।

कार्यक्रमका प्रदेश प्रमुख प्राडा गोविन्दबहादर तुम्बाहाङले पहिलेको समयभन्दा अहिले मानव अधिकारको क्षेत्र ब्यापक बन्दै गएको बताउनुभयो ।

मुख्यमन्त्री शेरधन राईले संविधानमै मौलिक अधिकारको व्यवस्था भएका नेपालको संविधान मानवअधिकारमैत्री भएको बताउनुभयो ।

मुख्यमन्त्री राईले मानव अधिकारको पूर्ण प्रत्याभूति र संविधानमा व्यवस्था भएका कुराहरूलाई अक्षरस पालना गर्दै जनताको अधिकार स्थापित गर्न प्रतिवद्घ रहेको बताउनुभयो ।

इन्सेक अध्यक्ष डा.इन्दिरा श्रेष्ठले इन्सेकले नेपालमा मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनाहरूलाई इन्सेकले अभिलेख गरेर नेपालमा मानव अधिकारको अवस्था चित्रण गर्दै आएको बताउनुभयो ।

इन्सेकले प्रदान गरेको ५० हजार पुरस्कार राशीलाई सामुदायिक विद्यालयको गुणस्तर सुधारमा लगाउने पुरस्कृत बरालले बताउनुभयो ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३