प्रकाशित : १६ श्रावण २०७६, बिहीबार १५:५७

विराटनगर १६ साउन । विराटनगर महानगरपालिका – ४ खारजीमा ‘खारजी ग्रीन पार्क’ सञ्चालनमा आएको छ । मझौला शहर एकीकृत वातावरणीय सुधार आयोजना अन्तरगत निर्माण भएको उक्त पार्कको बिहीबार विराटनगर महानगरपालिका मेयर भीम पराजुलीले उद्घान गरे । कार्यक्रममा बोल्दै उनले हरेक वडामा एउटा पार्क निर्माणको अभियानको सुरूवात भएको बताए ।

‘एक वाड, एक पार्क बनाउने महानगरले अभियान थालेको छ,’ उनले भने, ‘यसको सुरूवात विराटनगर ४ बाट भयो ।’
पार्कले सौन्दर्य बढाउने भएकोले हरेक वडामा एउटा पार्क निर्माण गर्ने कामको थालनी गरेको उनको भनाइ छ । हरियाली पार्कको बीचमा बगैँचा र गफिने चौतरो छ । जहाँ स्थानीय र आन्तरिक पर्यटकहरूलाई गफिने राम्रो गन्तब्य बनेको छ । सञ्चालनको आएको पार्कमा क्लासिकटेकको इन्टरनेट सेवा निःशुल्क जडान गरिदिने क्षेत्रीय प्रबन्धक भूपालसिंह कार्कीले बताए ।

सो पार्कको निमार्ण कालिका कष्ट्रक्सनले गरेको हो । सोही अवसरमा महानगरले विराटनगरको विकासमा महत्वपूर्ण भूमिका खेलेको भन्दै सम्मान पनि गरेको थियो । त्यस्तै विराटनगरको सरस्वती टोलमा पनि परियोजना अन्तरर्गतको पार्क निर्माणको काम भइरहेको कालिका कष्ट्रक्सनका सुपरभाइजर उज्जल प्रसाईले जानकारी दिए ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३