Breaking News

करेन्ट लागेर एक किशोरको मृत्यु

प्रकाशित मिति : १६ श्रावण २०७६, बिहीबार ११:२२

विराटनगर, १६ साउन । मोरङको लेटाङ नगरपालिका–३ त्रिसूली चोकमा करेन्ट लागेर १५ वर्षीय किशोरको आज बिहान मृत्यु भएको छ । बिहान सवा १ बजेतिर पदमबहादुर राईका छोरा १५ वर्षीय शौजन राईको करेन्ट लागेर मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी राजकुमार खिउजुले बताउनु भयो ।

उहाँका अनुसार शौजन साथी सुरज राईको घरमा सुत्न गएका थिए । दुवै जना एउटै खाटमा सुतेकोमा शौजनलाई भने करेन्ट लागेको हो । चार्ज गर्दै मोबाइलमा गेम खेल्ने क्रममा करेन्ट लागेको प्रहरीले जनाएको छ । खिउजुका अनुसार सुरजले खाटको भित्तापट्टी सुतेको साथी एक्कासि छटपटाउन थालेपछि बुवा, आमालाई बोलाएका थिए ।

चार्जमा रहेको मोबाइलबाट शौजनलाई करेन्ट लागेको थाहा पाएर सुरजले बिजुली समेत बन्द गरिदिएको प्रहरीको भनाइ छ । करेन्ट लागेका बेला मोबाइल शौजनको हातमै थियो ।

घटनास्थलमा पुगेको प्रहरीले बन्द अवस्थामा मोबाइल फेला पारेको छ । प्रहरीले कुन गेम खेल्दा घटना भएको हो भन्ने बारेमा नखुलेको र घटनाका बारेमा अनुसन्धान थालिएको जनाएको छ । शव पोस्टमार्टमका लागि उर्लाबारीको मंगलबारे अस्पतालमा लगिएको छ ।

प्रकाशित मिति : ६ चैत्र २०७५, बुधबार १४:५६

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

arunkhabar@gmail.com

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३