Breaking News

गुरुकुलमा ‘शाश्वत’ मञ्चन हुने

प्रकाशित मिति : १६ श्रावण २०७६, बिहीबार ११:२०

विराटनगर, १६ साउन । आरोहण गुरुकुल विराटनगरको आयोजनामा साउन १८ गते देखि ‘शाश्वत’ नाटक मञ्चन हुने भएको छ ।

हाटखोलास्थित सुशीला कोइराला नाटकघरमा साउन २५ गतेसम्म नाटक मञ्चन हुने आयोजक आरोहण गुरुकुल विराटनगरका अध्यक्ष भैरव क्षेत्रीले जानकारी दिनुभयो ।

नाटकमा आम–मान्छेको अन्र्तमनका भावनाहरुलाई धर्मशास्त्र र साहित्यसँग जोडेर देखाउने प्रयास गरिएको छ । आरोहण गुरुकुल विराटनगरका विद्यार्थीहरुको संयुक्त प्रयासमा नाटकको निर्माण गरिएको जनाइएको छ । नाटकको लेखक तथा निर्देशक अशोक गौतम हुन् भने सह–निर्देशक भरत कार्की र विकास पराजुली हुन ।

नाटकमा नाटकमा भरत कार्की, विकास पराजुली, सृष्टि भट्टराई र अशोक गौतमले अभिनय गरेका छन् । सो नाटकमा धिरज राई र नविन रेग्मीले प्रत्यक्ष संगित दिनेछन् । नाटकको मञ्च व्यवस्थापन राजेश ठाकुरले गरेका छन् ।

१ घण्टा अवधीको नाटक प्रत्येक दिन साँझ साढे ५ बजे मञ्चन हुने आयोजकले जनाएको छ ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

arunkhabar@gmail.com

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३