प्रकाशित : १५ श्रावण २०७६, बुधबार १८:४०


इनरुवा, २० साउन । जिल्ला नापी कार्यालय इनरुवा सुनसरीबाट एक कर्मचारी र विचौलिया गरी दुईजनालाई अख्तियार दुरुपयोग अनुसन्धानको टोलीले घुस रकम सहित पक्राउ गरेको छ ।
नापी कार्यालयका सर्भेक्षक मागैन महतो र विचौलियको भुमिकामा रहेको लेखापढी व्यवसायी रामनारायण पोदारलाई सेवाग्राहीसँग लिएको ११ हजार रुपैयाँ घुस रकम सहित पक्राउ गरिएको हो ।
अख्तियारको इटहरी कार्यालयले जानकारी दिएको छ । जग्गाको नक्सा सुधार गरिदिने प्रयोजनको लागि सेवाग्राहीसँग घुस रकम माग गरेको उजुरीका आधारमा आयोगको टोलीले इनरूवाबाट दुवै जनालाई रङ्गेहात नियन्त्रणमा लिएको आयोगका इटहरी प्रमुख ज्ञानेन्द्रप्रसाद ढकालले बताउनुभयो ।