Breaking News

इटहरी अस्पतालमा २४ घण्टे आकस्मिक सेवा सुरु

प्रकाशित मिति : १५ श्रावण २०७६, बुधबार १४:२०

विराटनगर १५ साउन । सुनसरीको इटहरी अस्पतालमा २४ घण्टे आकस्मिक (इमरजेन्सी) सेवा सुरु भएको छ । सामाजिक विकास मन्त्री जिवन घिमिरेले आकस्मिक सेवाको आज उदघाटन गर्नुभयो ।

अस्पतालको उदघाटन गर्दै मन्त्री घिमिरेले इटहरी र आसपासका स्थानका साथै पहाडी जिल्लाका वासिन्दालाई पनि सेवा लिन इटहरी अस्पताल उपयुक्त हुने वताउनुभयो । उहाँले इटहरी अस्पतालको स्तरोन्तीका लागि प्रदेश सरकारको चासो र सरोकार रहने प्रतिवद्धता ब्यक्त गर्नुभयो । कार्यक्रममा इटहरी उपमहानगरपालिका प्रमुख द्धारिकलाल चौधरीले इटहरीको विकास र सम्वृद्धिले केहि समयमै नयाँ उचाई लिने दावी गर्नुभयो ।

कार्यक्रममा इटहरी अस्पतालकी प्रमुख डा. रोमी यादवले अस्पतालवाट गत बर्ष ३७ हजार २९ जनाले सेवा लिएको जानकारी दिनुभयो ।

२०२४ सालमा स्वास्थ्य चौकीका रुपमा स्थापना भई ५३ सालदेखि प्राथमिक स्वास्थ्य केन्द्र र २०७५ साल साउन १ गते देखि इटहरी अस्पतालमा रुपान्तरण भएको हो ।

प्रकाशित मिति : ६ चैत्र २०७५, बुधबार १४:५६

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

arunkhabar@gmail.com

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३