Breaking News

नोवेलमा चिकित्सकको लापरबाहीले सुत्केरीको मृत्यु भएको आरोप

प्रकाशित मिति : १५ श्रावण २०७६, बुधबार १४:०५

विराटनगर १५ साउन । विराटनगरको नोवेल शिक्षण अस्पतालमा सामान्य प्रसूतिबाटै बच्चा जन्माएकी एक महिलाको मृत्यु भएको छ ।

सुनसरीको रामधुनी नगरपालिका–३ की ३५ वर्षीय पार्वती कार्कीलाई आज विहान साढे तीन बजे अस्पतालले मृत घोषणा गरेको हो । ‘नर्मल डेलिभरी’ बाट दोस्रो सन्तान छोरी जन्माए पनि उपचारका क्रममा चिकित्सकले लापरबाही गरेका कारण मृत्यु भएको आरोप लगाउँदै आफन्तले शव बुझ्न अस्वीकार गरेका छन् ।

घटनाको विरोधमा आफन्तले अस्पतालमा नारावाजी र प्रदर्शन गर्दै उपचारमा संलग्न चिकित्सकलाई कारबाही हुनु पर्ने माग गरेका छन् । पार्वतीलाई प्रसूतिका लागि सोमबार भर्ना गरिएको थियो । हिजो विहान उनले दोस्रो सन्तान छोरी जन्माएकी थिइन् । तर रक्तश्राव अत्यधिक भएको भन्दै चिकित्सकले उनलाई दिउँसो २ बजे पाठेघरको शल्यक्रिया गर्नु पर्छ भन्दै अप्रेशन थिएटरमा लगेका थिए ।

शल्यक्रियापछि १७ पिन्ट रगत चढाएकी उनलाई आज विहान भने अस्पतालले मृत घोषणा गरेको आफन्त पुस्बिन अधिकारीले बताउनुभयो ।

बच्चाको स्वास्थ्य अवस्था भने सामान्य रहेको अस्पतालले जनाएको छ । श्रीमान दीपक कार्की वैदेशिक रोजगारीका लागि कतारमा छन् । अस्पतालका जनसम्पर्क अधिकृत नारायण दाहालले उपचारमा चिकित्सकले लापरबाही नगरेको बताउनुभयो ।

प्रकाशित मिति : ६ चैत्र २०७५, बुधबार १४:५६

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

arunkhabar@gmail.com

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३