प्रकाशित : १३ श्रावण २०७६, सोमबार १८:४२

विराटनगर, १३ साउन । आकर्षक कमाई हुने भनेर प्रलोभनमा पार्दै स्पेन पठाउने भनेर एउटै परिवारिक नाता भित्रका ६ जनासँग २० लाख १८ हजार पाँच सय रुपैयाँ पैसा असुलेपछि एक युवा फरार भएका छन् ।

विराटनगर पिचरा घर भई सुनसरीको इटहरीस्थित कान्छी चोकमा बस्दै आएका २४ वर्षीय रोशन श्रेष्ठ गैली वैदेशिक रोजगारीका लागि स्पेन पठाइदिने भन्दै पैसा उठाएर एक वर्षदेखि फरार बनेका हुन् ।

गैलीका विरुद्ध आज श्रम तथा रोजगार कार्यालय विराटनगरमा उजुरी परेको छ । ठगि गरेको पुष्टि भएपछि कार्यालयले गैलीलाई पक्राउ गर्न पूर्जी जारी गर्दै प्रहरी र अन्य सरकारी निकायमा पठाएको छ । उनी झापा बुद्धशान्ति गाउँपालिका–३ का हेमबहादुर माझी, टेकबहादुर माझी, विनोद माझी, अरुण माझी, झापा भद्रपुर नगरपालिका–३ की सीमा तामाङ र इलाम करफोकका अदित तामाङसँग पैसा उठाएर भागेका हुन् ।

पीडितहरुले ठगि गरेको पर्याप्त प्रमाणसहित उजुरी दिएको र ठगि गरेको पुष्टि पनि भएको बरिष्ठ श्रम अधिकृत प्रेमप्रसाद सञ्जेलले बताउनु भयो । उजुरी परेपछि अनुसन्धान थालिएको र भागेर विदेश जान सक्ने सम्भावनालाई ध्यानमा राख्दै त्यसतर्फ पनि रोक लगाइएको सञ्जेलको भनाइ छ ।

झापा बुद्धशान्तिका लोकबहादुर माझीले पीडितहरु सबै आफ्ना भतिज, नाति र नातिनी पर्ने बताउनु भयो । श्रम कार्यालयमा भेटिनु भएका उहाँले आफू धेरै वर्ष स्पेन बसेको र त्यहाँबाट छ जनाका लागि भीषा लिएर आएको भन्दै छलेर र प्रलोभनमा पारेर गैलीले ठगि गरेको बताउनु भयो । उहाँका अनुसार सबैलाई बैंक र आईएमईमार्फत रकम जम्मा गर्न लगाइएको थियो । लोकबहादुरले दुई महिना भित्रमा विदेश पठाउने भन्दै २०७५ साउनमा सबैसँग गैलीले पैसा लिएको बताउनु भयो ।

आधा पैसा यहीं र आधा स्पेन पुगेर काममा लागेपछि दिनु भन्दै एक जनासँग लगभग साढे तीन लाख रुपैयाँ उठाएको उहाँको भनाइ छ । गैलीले स्पेन जानलाई एक जना बराबर सात लाख रुपैयाँ लाग्ने बताएको पीडितले श्रममा दिएको उजुरीमा उल्लेख छ ।

स्पेन लैजाने भन्दै काठमाडौं बोलाएर सबैको मेडिकल गर्ने काम गरेपछि श्रम गर्न बोलाएर गैली फरार भएको उजुरीमा खुलाइएको छ ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३