Breaking News

प्याब्सन आँगनको फाइनलमा २० जना छनौट

प्रकाशित मिति : ११ श्रावण २०७६, शनिबार १८:५४

विराटनगर, ११ साउन । प्याब्सन आँगनको फाइनलमा २० जना प्रतियोगिहरू छनौट भएका छन् । विराटनगरमा आज भएको सेमिफाइनलबाट गायनमा १० र नृत्यमा १० गरि २० जना छनौट भएका हुन् ।

साउन २४ गते हुने फाइनलमा गायनतर्फ विराटनगरस्थित सप्तकोशी स्कूलकी प्राप्ती भट्टराई, एभेरष्ट स्कूली सिविस्मा काफले, गौतम बुद्धकी नेहारीका खनाल, जेसी बाल सदनका प्रज्ञान शर्मा, सगरमाथा स्कूलका अनुभव तिम्सिना, सारदा स्कूलका झोराहाटकी सुनिता सरदार, मदरल्याण्ड एकाडेमीका नविन पौडल, डिएभी स्कूलका चुली सिंह, सनसाइन स्कूलकी सइमा भूजेल र पूर्वाञ्चल विद्या सदनका अनुराग प्रधान छनौट भएको प्याब्सन विराटनगरका सचिब अर्जुन श्रेष्ठले जानकारी दिनुभयो ।

नृत्यतर्फ फाइनलमा सगरमाथा स्कूलका निसान राई, विकेभिएमकी सपृति दाहाल, डिएभीका पिरान्सु शर्मा, सिद्धार्थ सिशुसदनकी सौनिका ढकाल, एजेलिया स्कूलकी इशान त्रिपाली, एभरेष्टकी मानषि खनाल, खुसी बज्रचार्य, बुढीगंगा जेवियर्सका चिना थापा, गौतमबुद्ध लावान सुब्बा, मार्टसका पिक्षा सुब्बा छन् । फाइनलमा पुगेका प्रतियोगिहरूका लागि प्रशिक्षण आउँदो शुक्रबार देखि हुने बताईएको छ ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

arunkhabar@gmail.com

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३