Breaking News

प्रदेश मन्त्री सहितको टोली चीन भ्रमणमा

प्रकाशित मिति : ८ श्रावण २०७६, बुधबार १९:२८

विराटनगर, ८ साउन । प्रदेश नं. १ का दुई जना मन्त्री सहितको एक टोली चीन भ्रमणमा गएको छ । चाइनाको सङ्गडङ्ग सुइफा हुवजीया वाटर कम्पनीको निमन्त्रणामा आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्गवा र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री जगदिश कुसियत चीन भ्रमणमा जानु भएको हो ।

टोलीमा प्रदेश सांसद सर्वध्वज सांवा, विन्दिया कार्की, तेजमान कन्दन्वा, नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं. १ का उपाध्यक्ष राजेन्द्र राउत, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयका सचिव भरतमणी रिजाल, टिकादत्त राई, मुख्यमन्त्रीका स्वकीय सचिव मकर खड्का सहितको टोली आज देखि चीन भ्रमणमा गएको हो ।

टोलिले चिनमा रहेका साना तथा ठूला औद्योगिक उद्यानको निरिक्षण गर्नुका साथै त्यसको व्यवस्थापन तथा विकासका लागि आवश्यक राय संकलन गर्ने बताईएको छ । टोली साउन १५ गते फर्कने छ ।

प्रकाशित मिति : ६ चैत्र २०७५, बुधबार १४:५६

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

arunkhabar@gmail.com

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३