प्रकाशित : ८ श्रावण २०७६, बुधबार १९:२१

विराटनगर ८ साउन । बिहानैदेखि परेको अविरल वर्षाका कारण १ नम्बर प्रदेशसभा संसद भवनमा ढलको पानी जमेपछि बैठक स्थगित भएको छ ।
संसद भवनमा ट्वाइलेटको हजमा पानी भरिएर दुर्गन्धति पानी बैठकस्थलको रोष्टमका साथै मूल ढोकामै जमे पछि बैठक सूचना टाँस गरेर स्थगित भएको हो । संसद संचालन सुरु भएको १७ महिना पुगेको छ । तर, पुरानै भवन र पुरानै संरचनाको पनि उपर्युक्त ढंगले मर्मत सम्भाव नगरिँदा बुधबार बस्ने भनिएको संसद बैठक अवरुद्ध हुन पुग्यो ।

वर्षा रोकिएसँगै सुरक्षाकर्मीहरुले रोष्टम अगाडिको पानी सफा गरेको भएपनि मूल ढोकाको पानी बैठक सुरु हुने समय दिउँसो १ बजेसम्म कायम थियो । पानी जम्दा मात्रै बैठक चल्न सक्थ्यो होला तर, त्यहाँ अत्यन्तै दुर्गन्धित अवस्था भएपछि संसद बैठक स्थगित गरिएको प्रदेशसभाका सभामुख प्रदीपकुमार भण्डारीको भनाइ छ । ‘बैठकस्थलमा पानी साधारण भन्दा पनि फोहोर पानी पसेका कारण दुर्गन्ध फैलिएयो र आजको अवस्था आएको हो,’ सभामुख भण्डारीले भन्नुभयो, ‘यसलाई हामी व्यवस्थापन गर्न लागेका छौं ।’
पानी भित्र नपस्ने गरी व्यवस्था गर्न प्राविधिकको राय, सल्लाह र इष्टिमेट अनुसार काम तत्काल गरिरने उहाँको भनाइ छ ।

गत वर्ष पनि संसद भवनमा पानी पसेको थियो । झण्डै १५ दिन अगाडि पनि वर्षाका कारण संसद भवनमा पानीको जमेको थियो । त्यसबेला उपर्युक्त व्यवस्थापन गर्न नसक्दा अहिलेको अवस्था आएको कतिपय सांसदको भनाइ छ ।

नेपाली कांग्रेस संसदीय दलका नेता राजिव कोइरालाले त संसद बैठकको अवस्था यस्तो देखिँदा जनता कसरी बसेका होलान् भनि प्रश्न गर्नुभयो । उहाँले १७ महिनासम्म सामान्य मर्मत गर्न नसकेको भन्दै सरकारप्रति कटाक्ष पनि गर्नुभयो । ‘हामी संसदमा भाग लिन भनेर आएका थियौं । तर, यहाँ आएपछि थाहा भयो संसद हल भित्र बाढीको पानी पसेर फोहोर भएको कारण संसद स्थगित गर्नुपर्ने कारण भयो भनेर सभामुखज्यूले भनेपछि स्थगित भएको हो,’ कोइरालाले भन्नुभयो, ‘संसद सुरु भएको १७ महिनासम्ममा पनि हालत यस्तो छ, अन्य जनताको अवस्था के होला ? भाँचिएको पुल, अवरोध भएका बाटाहरु कहिले बन्ला ? जनता घर कहिले बन्छ ? संसद सचिवालयको हालत यो छ ।’ ७ दिनमा बन्छ भनेर सभामुखले जवाफ दिएको भएपनि १७ महिनासम्म नबनेको भन्दै सरकार कसरी अगाडि बढेको छ भन्नेकुरा देखिएको बताउनु भयो ।

संसद बैठक साउन १९ गतेसम्मका लागि स्थगित गरिएको हो । सो समयावधिमा जमेको पानी फ्याक्ने र आगामि दिनमा त्यस्तो हुन नदिने गरी काम गर्ने संसद सचिवालयको तयारी छ । बुधबारको बैठकमा प्रदेश लोकसेवा आयोग गठन सम्बन्धमा बनेको विधेयकबारे छलफलको कार्यक्रम राखिएको थियो ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३