प्रकाशित : ७ श्रावण २०७६, मंगलवार १८:५८

विराटनगर ७ साउन । प्रदेश नं. १ सरकारले विभिन्न प्रतियोगिताका विजेता खेलाडीलाई नगद पुरस्कार सहित सम्मान गरेको छ । सामाजिक विकास मन्त्रालयले आज विराटनगरमा कार्यक्रम गरि खेलाडीहरुालई सम्मान गरेको हो ।

पाँचौ महिला साफ फुटवल च्याम्पियनसीपको उपविजेता नेपाली महिला राष्ट्रिय फुटवल टीमका खेलाडी तथा प्रशिक्षक र व्यवस्थापकहरुलाई प्रतिव्यक्ति नगद एक लाख र सम्मान पत्रले सम्मान गर्यो । त्यस्तै आठौ राष्ट्रिय खेलकुद प्रतियोगितामा १८ विधाका विभिन्न खेलमा रजत, कास्य र स्वर्ण पदक जित्ने खेलाडीलाई नगद ४ हजारदेखि ९ हजार रुपैया सहित सम्मान गरेको छ ।

त्यस्तै सुदुर पश्चिम प्रदेशले आयोजना गरेको मुख्यमन्त्री कप खेलकुद प्रतियोगिताका विभिन्न विधाका खेलमा रजत, कास्य र स्वर्ण पदक जित्ने खेलाडीलाई नगद ८ हजार देखि २० हजार रुपैया सहित सम्मान गरेको हो ।

कार्यक्रममा पदक विजेता खेलाडी, प्रशिक्षक र व्यवस्थापक गरि २ सय ६७ जना खेलाडीलाई मुख्यमन्त्री शेरधन राई र सामाजिक विकास मन्त्री जीवन घिमिरेले सम्मान पत्र र नगद प्रदान गर्नुभयो ।

मुख्यमन्त्री राईले प्रदेशका सबै युवा खेलाडीलाई व्यवसायीक खेलाडी बनाउन र खेलालाई देश र प्रदेशको विकासको माध्यम बनाउँन प्रदेश सरकार अगाडि बढेको बताउनुभयो ।

सामाजिक विकास मन्त्री जीवन घिमिरेले खेलकुदको विकासका प्रदेश सरकारले खेलकुद ऐन बनाइ सकेको र खेलकुद प्रर्वद्धनका लागि चालु आर्थिक वर्षमा ४७ करोड रुपैया बजेट विनियोजन गरेको बताउनुभयो ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३